के सम्भव छ ? कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ (भिडियो सहित)

  • १८ माघ २०७४, बिहीबार
  • कमल खत्री
  • 5036 पटक पढिएको

म्याग्दी, १८ माघ ।  म्याग्दी र कालिगण्डकी नदीको दोभानमा अवस्थित बेनीमा पर्यटक आगमन बढाउन कालिगण्डकी नदीमा नियमित ¥याफ्टिङ गर्ने अवधारणा अघि सारिएको छ । बेनीमा सम्पन्न भएका दुई वटा महोत्सवमा परिक्षणको रुपमा कालिगण्डकी नदीमा गरिएको ¥याफ्टिङ (जलयात्रा) सफल भएपछि यसको व्यवसायिक सञ्चालनबारे छलफल हुन थालेको हो ।

हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सवको अवसरमा एक साता बढी समयसम्म सञ्चालन गरिएको ¥याफ्टिङमा स्थानीयबासी एवम् आन्तरिक पर्यटकहरुको समेत निकै भिड लागेको थियो । जलेश्वरदेखि बेनीको दोविल्ला सम्म छोटो दुरीमा सञ्चालन गरिएको ¥याफ्टिङले यहाँको जलयात्राको सम्भावना उजागर भएपछि व्यवसायिक रुपमै नियमित ¥याफटिङ (जलयात्रा) सञ्चालन गर्नेबारे पहल भैरहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।

‘‘ दुई वटा महोत्सवमा हामीले ¥याफ्टिङ सञ्चालन ग¥यौ, अब यहाँ नियमित रुपमै यसलाई निरन्तरता दिनुपर्छ भनेर हामी लागिपरेका छौँ, सम्बन्धित ¥याफ्टिङ कम्पनीहरुसंग छलफल भैरहेको छ, उनीहरु सकरात्मक छन्’’– अध्यक्ष कर्माचार्यले भने । ¥याफटिङ (जलयात्रा) गराउने कम्पनीहरुले कालिगण्डकी नदीमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि नै ¥याफटिङ गराउन सकिने सम्भावना रहेको बताएकाले आगामी फागुनमा त्यसको समेत सम्भाव्यक्ता अध्ययन गरिने संघका अध्यक्ष कर्माचार्यले बताए ।

सलल बगेको कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै ¥याफ्टीङ गर्दा साहासीक एवं रोमाञ्चक हुने भएकाले ¥याफ्टीङमा जलयात्रा गर्न युवायुवति आकर्षित छन् । जलयात्राको रमाईलोमा मनोरञ्जन लिन विदेशबाट समेत नेपालमा पर्यटक भित्रीने गरेका छन् । गलेश्वर देखि मालुढुंगा सम्म नियमित ¥याफ्टिङ सञ्चालन भए बेनी लगायतको क्षेत्रमा स्वदेशी एवम् विदेशी पर्यटकहरुलाई समेत भित्र्याउन सकिने सम्भावना रहेको संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

कालिगण्डकीमा अहिले मालढुंगादेखि मिर्मीसम्म तीन दिनको प्याकेजमा ¥याफ्टिङ हुँदै आएको छ । छैटौँ म्याग्दी महोत्सवमा ¥याफ्टिङ गराएका फोर हिमालय म्याजिक नेपाल कम्पनीका सञ्चालक देव रेग्मीले छोटो दुरीको जलयात्रामा स्थानीयको व्यापक अभिरुची देखिएपछि गलेश्वरदेखि नै ¥याफटिङलाई नियमित सञ्चालनबारे आफुहरु उत्साहित भएका बताए । उनले ¥याफ्टिङ सिजनमा गलेश्वर–मालढुंगा रुटमा नियमित जलयात्रा गर्ने तयारी भैरहेको समेत बताए । यो दुरीमा जलयात्राको लागि प्रतिव्यक्ति रु २५ सय सम्म शुल्क लाग्न सक्नेछ ।

‘‘ छोटो दुरीको ¥याफ्टिङ बढी खर्चिलो हुने गर्छ, सकभर लामो दुरीमा गराउन सके निरन्तरता दिन सजिलो हुन्छ, केही ठाउँमा रहेका अप्ठ्याराहरुलाई स्थानीय सरोकारवालासंग मिलेर सहज बनाउन सकिन्छ, यो नदीमा हुने जलयात्रामा आन्तरिक तथा बाह्य दुबै पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ,’’– ¥याफ्टिङ व्यवसायि रेग्मीले भने । कालिगण्डकी नदीमा ¥याफ्टिङ हुने मुख्य सिजन फागुन, चैत, वैशाख र जेठ महिनामा सुरुवातमा हरेक शनिवार गलेश्वरदेखि नै ¥याफटिङ सञ्चालन गर्ने गरि आवश्यक तयारी थालिएको उनको भनाई छ । जलयात्रा आनन्द संगै शाहशिक र खर्चिलो हुने भएकाले निरन्तरता दिन चुनौती पनि छ ।

यद्यपी यस क्षेत्रको जलयात्राको सम्भावनाबारे प्रचार प्रसार गराउन सकेमा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जलयात्राको लागि भित्र्याउन सकिने म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्य बताउँछन् । संघले ¥याफ्टिङले जिल्लाको पर्यटन प्रवद्र्धन संगै रोजगारि समेत सृजना गर्ने भएकाले ईच्छुक युवाहरुलाई ¥याफ्टिङ व्यवसायिहरुसंग समन्वय गरि आवश्यक तालिम समेत सञ्चालन गर्ने जनाएको छ । ¥याफ्टिङको लागि नदीको बहाब, गहिराई संगै नदी वरपरको वातावरणले समेत प्रभावित बनाउने गर्छ ।

अहिले कालिगण्डकी नदी आसपासमा रहेका बेनी, पर्वत बेनी लगायतको नदी किनारका बस्तीहरुबाट कालिगण्डकी नदीमा फालिने फोहोरलाई तत्कालै बन्द गरि नदीलाई स्वच्छ र सफा गराउन ¥याफ्टिङ व्यवसायिहरुले सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । ‘‘ पहिलेको तुलनामा कालिगण्डकी केही सफा भएको रहेछ, तर नदी वरपर हरियाली बनाउने, फोहोर हटाउने काम गर्न सकियो भने यहाँ ¥याफ्टिङकै लागि विदेशी पर्यटकहरुलाई पनि तान्न सकिन्छ,’’– ¥याफ्टिङ व्यवसायि रेग्मीले भने ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l