न्यु वेस्ट पोईन्टले कब्जा ग¥यो  सातौ बेनी बोडिङ कपको उपाधी 

  • १६ माघ २०७४, मंगलवार
  • धिरन खत्री
  • 2037 पटक पढिएको


म्याग्दी, १६ पुष । बेनीमा आयोजित सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता उपाधी न्यु वेष्ट पोईन्टले जितेको छ । बेनी वोडिङ्ग सेकेण्डरी स्कुलको अन्तर्गत जनुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा फाईनलमा बुद्ध एकेडेमी बगरफाँटलाई १ विरुद्ध तिन गोल गर्दै उपाधी जितेको हो । सो उपाधी जिताउन मनिष श्रेष्ठले दुई गोल गरेका थिए । उपाधी संगै ह्याट्रिक गर्दै वेस्ट पोइन्टले शिल पच गरेको छ ।


सो प्रतियोगितामा विजेताले नगद १७ हजार, उपबिजेताले नगत १० हजार सहित मेडल, प्रमाण–पत्र ट्रफिसहित कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र प्रिन्सिपल पुस्कर कार्कीले वितरण गरेका थिए ।


समापन समारोहमा बोल्दै बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठले बिद्यालयले आयोजना गर्ने फुटबल प्रतियोगिताले बिद्यार्थीको शैक्षिक गतिबिधि मात्र नभएर खेलकुद क्षेत्रमा पनि क्षमता देखाउन पाउने हुदाँ यसलाई निरन्तरता दिन आग्रह गरका थिए । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए ।


प्रतियोगितामा ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका वेष्ट पोईन्टका मनिष श्रेष्ठले उत्कृष्ट स्टाईकरको पनी उपाधि जितेका छन् । वेष्ट पोईन्टका तेजन घर्ती उत्कृष्ट खेलाडी, वुद्धका डेवस हुमेन उदयीमान खेलाडी, वुद्धका दिपेश मगर उत्कृष्ट मिडफिल्डर, वेष्ट पोईन्टका सञ्जन बराईली उत्कृष्ट गोलरक्षक र बेनी सामुदायीकका जोन तामाङले उत्कृष्ट डिफेन्डरको उपाधि प्राप्त गरे । महादेव मावि अनुशासीत टिम भएको छ ।जुरेसका सभापती संक्षा श्रेष्ठको अध्यक्षता र शिक्षक प्रकाश आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी बोडीङका पुर्व खेलाडीहरु सागर बरुवाल, शिव शेरचन र ईपेन तिलीजालाई सम्मान गरिएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l