रीमा गाउँलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • १६ माघ २०७४, मंगलवार
  • 3298 पटक पढिएको

म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका– ७ मा अबस्थित रीमा गाँउलाई चिनाउने म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमा गाउँको पर्यटकीय एवम् साँस्कृतिक पहिचान झल्काउने ‘‘मोती झै टल्कीने क्या रमाईलो ठाउँ, लोभै लाग्ने मनै छुने हाम्रो रिमा गाउँ’’ बोलको चिनारी गितलाई म्युजिक भिडियो सहित डिभिडी र युट्युब मार्फत बजारमा ल्याईएको हो ।

सो गितको म्युजिक भिडियोमा रिमा गाउँको रमाईला दृष्य र स्थानीय मौलिक भेषभुषा, कला, संस्कृती झल्किने गरि आकर्षक दृष्यहरु समावेश गरिएको छ । गाँउका जुझारु २ युवाहरु कुमार पुन र गम्बिर पुन द्धारा सिर्जना गरिएको गीतलाई देवेन्द्र पुनले संगीत गरेका छन भने एल बी पुर्जाको एरेन्ज र नेपाली तारा सीजन ३ बाट नेपाली संगीतिक बजारमा छाएकी मेचु धीमालले स्वर दिएकी छिन । गीतलाई म्युजिक भिडीयो मा रुपान्तर गर्ने काम निर्देशक मौसम पुनले गरेका छन् ।

गीतमा संगीत भरेका देवेन्द्र पुन स्वयमले खिचेको उक्त भिडीयोमा मोडेल एनजल पुन, श्रीगांर शुसील पुन र भिडीयो सम्पादन छबी रानामगरले गरेका छन् । मौसम ईन्टरटेन्मेटको युट्यूब च्यानल बाट सार्वजनिक भएको म्युजिक भिडीयो लाई रीमा गाउको पुख्र्यौली नृत्य, देवी देउरालीको पुजा र म्युजीक ट्रयाक (काराओके) थप गरेर फ्रेन्ज ईन्टरटेण्मेनटले डिभीडी बजारमा सार्वजनिक गरेको छ ।