रत्नेचौरमा फागु पुर्णिमाको अवसरमा फुटवल प्रतियोगिता आयोजना हुने

  • १५ माघ २०७४, सोमबार
  • 1979 पटक पढिएको

म्याग्दी, १५ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा फुटवल प्रतियोगिता हुने भएको छ । रत्नेचौर जागरण समुहले फागु पुर्णिमा पर्वको अवसरमा फाल्गुण १४ देखी रत्नेचौर खेलकुद मैदानमा साविक धवलागिरी अन्चल स्तरीय सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजार १११ र उपबिजेतालाई नगद रु ३३ हजार ३३३ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने स्थानीय युवा सुजन थापाले जानकारी दिनुभयो ।

रत्नेचौरमा रहेको जिल्लाकै ठुलो मानिएको खेलकुद मैदानको विकास र प्रचार प्रसारको लागि समेत यो प्रतियोगिताले रचनात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो प्रतियोगितामा सहयोगको लागि रत्नेचौर जागरण समुहले आह्वान समेत गरेको छ ।