सातौँ बेनी बोर्डिङ कप सुरु

  • १३ माघ २०७४, शनिबार
  • 1849 पटक पढिएको

 

म्याग्दी, १३ माघ । शनिबार देखी बेनीको खुल्लामञ्चमा सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ। विद्यालय मातहत रहेको जनुनियर रेडक्रस सर्कलको आयोजनमा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा १६ बिद्यालयले सहभागीता जनाएका छन् । पहिलो दिन शनिबार भएको ४ खेलमा मध्ये गलेश्वर आर्दश आवासिय मावि र बाल मन्दिर आधारभुत विद्यालयको पहिलो खेल निर्धारित समयमा दुबै विद्यालयले गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा ४–५ गोल अन्तरले बाल मन्दिर दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगला मावि बावियाचौर र प्रकाश मावि बेनी बीच भएको खेलमा ०–१ गोलले प्रकाश मावि, बेनी सामुदायीक मावि र सरस्वती मावि सिंगा बिच भएको खेलमा ६–० ले बेनी समुदायीक मावि, माउष्ट एभरेष्ट आवासिय मावि र भानु मावि बिच भएको खेलमा १–० ले माउष्ट दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगीतमा प्रथम हुनेले नगद १७ हजार, मेडल, प्रमाण–पत्र र रिनिङ शिल्ड पाउने छन् । उपबिजेताले नगत १० हजार मेडल, प्रमाण–पत्र ट्रफि पाउने पाउने छन् । शनिबार बिहान खेल सुरु हुनु अघि भएको उद्घाटन समारोहमा बोल्दै बेनी नगरपीकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले बिद्यालयले आयोजना गर्ने यस्ता किसीमका कार्यक्रमहरुले बिद्यार्थीको शैक्षिक गतिबिधि मात्र नभएर खेलकुद क्षेत्रमा पनि सहयोग पुग्ने बताए ।

‘बच्चाहरुलाई पढाएर मात्र हुदैन उनिहरुलाई आफ्नो रुचि अनुसारको खेल पनि खेलाउनु पर्छ, सानै उमेरका खेलको महत्व बुझ्ने र खेल्ने बिद्यार्थी पछि राम्रो खेलाडी हुुन सक्छ’ उनले भने । कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण शर्माले विद्यालयले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताए । रेडक्रस सर्कलकी अध्यक्ष संक्षा श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।