होराइजन कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बिजयी

  • १३ माघ २०७४, शनिबार
  • ध्रुवसागर शर्मा
  • 2283 पटक पढिएको

पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा बराबर २ गोल गरेपछि ट्राइबेकरमा बुद्ध एकेडेमीले २ का विरुद्ध ३ गोल गर्दै उपाधीचुम्न सफल भएको हो ।

शुक्रबार भएको सेमिफाइनलमा बेनी आवासीयले माउण्ट एभेरेष्ट आवासीय माविलाई र बुद्ध एकेडेमीले आयोजक होराइजनलाई पराजित गदैं फाइनलको यात्रा तय गरेका थिए । प्रतियोगिताको बिजेता र उपबिजेतालाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद पन्ध्र हजार र आठ हजार रुपैया पुरस्कार र प्रदान गरिएको छ।

 साे कार्यक्रमकाे पुरस्कार वितरण तथा समापन कार्यक्रम स्पाेट्स क्लवका अध्यक्ष निर्मल के.सिकाे अध्यक्षता ,पुस्तक व्यवसायि सघं म्याग्दिका अध्यक्ष तथा सगुन स्टेसनरि वेनिका संचालक एवं प्रमुख अार्थिक सहयाेगि ठाकुर प्रसाद शर्माकाे विशिष्ट अाथित्यता,पत्रकार महासघं म्याग्दिका अध्यक्ष तारानाथ शर्मा,प्याव्सन म्याग्दिका पुर्व अध्यक्ष राजकुमार थापा,वि.व्य.स. अध्यक्ष ठाकुर प्रसाद रेग्मी,शि.अ.स.अध्यक्ष चित्रलाल रेग्मी,विद्यालयका संचालकहरु,सम्पुर्ण प्रायाेजकहरुकाे काे अाथित्यता मा सम्पन्न भएकाे थियाे  ।

साे कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरुले पुरस्कार वितरण गर्नु भएकाे थियाे ।त्यसैगरि सहयाेगि व्यक्ति तथा संस्थालाई विद्यालयकाे तर्फदेखि सम्मान पत्र ,स्वयंसेवकलाई प्रशंसा पत्र र अफिसियललाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका संचालक एवं भाईस प्रिन्सिपल अर्जुन पाैडेलले गर्नु भएकाे थियाे ।

ध्रुवसागर शर्मा