भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

  • १२ माघ २०७४, शुक्रबार
  • 4183 पटक पढिएको

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

दुई वटा मध्य एउटा अन्नपूर्ण गाउँपालीकाले उत्तरी क्षेत्र तथा अर्को रेडक्रसले बेनी आसपास र पश्चिमी क्षेत्रमा सेवा दिने गरी सञ्चालन गर्ने जनाइएको छ । भारतीय सेनाका सेवा निवृत्त क्याप्टेन रहनुभएका गाउँपालीका अध्यक्ष पुनले एम्बुलेन्सका लागि दुतावासमा पहल गर्नुभएको थियो ।

ग्रामिण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुबिधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनिहरुलाई राहत पुगोस भनेर एम्बुलेन्स सञ्चालन गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालीकामा रहेका भुपु सैनीकहरुलाई समेटेर समिती गठन गरी सोही समितीी मार्फत एम्बुलेन्स सञ्चालन गरेर सेवा दिने पुनले बताउनुभयो । हाल म्याग्दीमा एउटा बेनी अस्पतालको मात्र एम्बुलेन्स सञ्चालनमा छ । मोना बेलायतले नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखा र जिल्ला शाखालाई उपलब्ध गराएको दुई वटा एम्बुलेन्स मर्मत अभावमा थन्किएका छन भने दरवाङ उपशाखाको एम्बुलेन्स चालक अभावमा प्रयोगमा आउन सकेको छैन् । बिरामीहरु महँगो भाडामा ट्याक्सी चढेर अस्पताल पुग्ने गरेका छन् । file photo by google