लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी (भिडियो सहित)

  • ७ माघ २०७४, आईतवार
  • धिरन खत्री
  • 2307 पटक पढिएको

 

म्याग्दी, ७ माघ । छैटौँ म्याग्दी महोत्सवको अवसरमा आईतवार बेनीमा सम्पन्न खुला लोकदोहोरी गित प्रतियोगितामा मंगला गाउँपालिका बिजयी भएको छ । महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको लोकदोहोरी गित प्रतियोगिताको फाइनलमा बेनीको सिर्जना मम रेष्टुरेन्टलाई पराजीत गर्दै मंगला गाउँपालिकाको कलाकारहरु बिजयी भएका हुन् ।

प्रतियोगितामा बिजेतालाई नगद एक लाख एक हजार १११ र दितृयलाई ५१ हजार १११ नगदको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा सहभागी समूहलाई प्रतिदिन दुई हजारका दरले भत्ता उपलब्ध गराइएको छ ।


यसैबिच यस बर्ष सम्पन्न भएको छैटौँ म्याग्दी महोत्सवमा मंगला गाउँपालिकाले सादनार पुरस्कार हात पारेको छ । महोत्सवमा आयोजित साविक धौलागिरि अञ्चलमा रहेका स्थानीय तह स्तरीय पुरुष र महिला भलिबलको समेत उपाधी चुमेको मंगला गाउँपालिकाले लोकदोहोरी गितको समेत उपाधी चुमेको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l