स्थानीय तह स्तरीय पुरुष भलिबलको फाईनलको रोमान्चक खेल (भिडियो सहित)

  • ७ माघ २०७४, आईतवार
  • 2079 पटक पढिएको

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।

नेपाल प्रहरीको राष्ट्रिय टिममा आबद्ध मंगला गाउँपालिका निवासी राजु शेरचनको कप्टानीमा रहेको मंगलाको टिमले बेनी नगरपालिकाका अनुभवी खेलाडीहरुलाई प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जित निकालेका हुन् ।

पुरुष भलिबलको बिजेता मंगलालाई ७७ हजार ७७७ , उपबिजेता बेनी नगरपालिकाका खेलाडीहरुलाई ४४ हजार ४४४ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।