म्याग्दी महोत्सवमा राजघरनाको लाइभ गजल गायन (भिडियो सहित)

  • ७ माघ २०७४, आईतवार
  • 2899 पटक पढिएको

म्याग्दी, ७ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा शनिवार लाईभ गजल गायन गरिएको छ । राजघरना रेष्टुरेण्ट काठमाण्डौबाट आएका कलाकारहरुको टोलीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई लाइभ गजल गित गाएर मनोरञ्जन प्रदान गरेका हुन् ।

यो मन त मेरो नेपाली हो बोलको गितबाट गजल गित गाउन सुरु गरेका उनीहरुले नेपाली चलचित्रका १ दर्जन बढी गजलगित गाएका थिए ।
महोत्सवमा पहिलो पटक लाईभ गजल गित मार्फत मनोरञ्जन लिन पाउँदा र्दशकहरु उत्साहित बनेका थिए ।

सो अवसरमा लोकगायक विष्णु खत्री, गायीका भुमिका गिरि, गायक सज्जन बोहोरा, राजन भुजेल, मिलन बानियाँ लगायतका कलाकारहरुले समेत आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।