वेष्ट पोइन्टमा उपन्यासकार तीर्थ गुरुङसँग साक्षात्कार

  • ७ माघ २०७४, आईतवार
  • 2817 पटक पढिएको

म्याग्दी, ७ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । यस बर्षको चर्चित उपन्यास पाठशालाका (लेखक) उपन्यासकार तिर्थ गुरुङसँग शुक्रबार साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको सभाहलमा भएको कार्यक्रममा गुरुङ्गले पाठशाला कसरि सिर्जना भयो भन्ने बिषयमा बोल्नु भएको थियो त्यसैगरी कार्यक्रममा पाठक, विद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले पाठशाला उपन्यासको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, प्रगतिशिल लेखक संघका अध्यक्ष भक्त कार्की म्याग्दी साहित्य संचारका अध्यक्ष घायलश्री, उपाध्यक्ष सन्दिप खत्री, युवा गजलकार सुशिल थकाली अनुरागी, कवी भरत बाग्लुंगे, नन्दकला हरिलाल साहित्य प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल कृष्ण गण्डकी बहुमुखी क्याम्पसका प्रमुख दिपेन्द्र खड्का कवी भुपिन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भक्त कार्की र ध्रुवलाल शर्माले म्याग्दीको समग्र साहित्यिक गतिबिधिका बारेमा बोल्नु भएको थियो ।, र तिर्थ गुरुङका अनन्य मित्र कवि भुपिनले पाठशालाको बारेमा संक्षिप्त चिनारी गरायनु भएको थियो । कार्यक्रममा फाउन्डेसनका सदस्यहरु, बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ, शिक्षक र कक्षा १० का विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम वेस्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिबकुमार श्रेष्ठको सभापतित्व। प्रिन्सिपल डा लाल रापचाको स्वागत र शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष शिवकुमार श्रेष्ठद्वारा उपन्यासकार गुरुंगलाई मायाको चिनो प्रदान गरिएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।