मुसुङमा स्वर्गाश्रम युवा क्लबद्धारा आयोजित माघेसंक्रान्ति मेलाको रौनक (फोटो फिचर)

  • ६ माघ २०७४, शनिबार
  • 3110 पटक पढिएको

माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा स्थानीय स्वर्गाश्रम युवा क्लबले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरेको छ । कला संस्कृति र खुलकुद क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको उजागर गर्ने उदेश्यले आयोजित मेलामा पुरुष भलिबल, महिला भलिबल, ताराखेल लगायतका खेलकुद प्रतियोगिता संगै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

सो अवसरमा क्लबले पहिलो पटक चर्चित राष्ट्रिय कलाकारहरुलाई गाउँमै पु¥याएर साँस्कृतिक कार्यक्रम समेत गरेको छ । कार्यक्रममा गायीका गिता पाईजा, गायक सज्जन बोहोरा, गायीका अमृता सिर्पाल र गायक बिमल श्रीपाली लगायत स्थानीय कलाकारहरुले साँगेतिक प्रस्तुती राखेका थिए ।

मुसुङ गाउँमा आयोजित साँस्कृतिक कार्यक्रममा गायीका पाईजा र गायक बोहोराको लोक, पञ्चेबाजा, सालैजो लगायतका प्रस्तुतीले दर्शक र स्थानीयबासीलाई भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरि गायक बोहोरा र गायीका पाईजा बिच भएको लाईभ दोहोरीले समेत मेलालाई संगीतमय बनाईदिएको थियो । सो अवसरमा गायीका अमृता सिर्पाल र गायक बिमल श्रीपालीले समेत आ–आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।

कार्यक्रममा सहभागी हुन पुगेका अतिथि र कलाकारहरुको टोलीलाई स्थानीयले बाजागाजा सहित भव्य सम्मान तथा स्वागत समेत गरेका थिए ।

स्थानीय कलाकारहरुले समेत विविध मौलिक नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा हाल अमेरिकामा रहेका स्थानीय युवाहरुले उपलब्ध गराएको गरिब तथा जेहेन्दार छात्रछात्राको रुपमा सुनीता विक र विवेक पुनलाई जनही रु ५ हजारको दरले छात्राबृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष भिमप्रसाद पुन, प्रमुख अतिथि प्रदेश सभा क सदस्य विनोद केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष पदम पुन लगायतले सो छात्राबृत्ति हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश साँसद केसीले युवाहरुको पहल र नेतृत्वमा मात्रै समाज परिवर्तन सम्भव रहेको बताउँदै दुर्गम गाउँको खेलकुद र कला संस्कृति संरक्षणको लागि क्लबले गरेको सुरुवात सकरात्मक रहेको बताउनुभयो ।

उहाँले भकिम्लीमा रहेको स्वार्गाश्रम , बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नगरपालिका कार्यपालिका सदस्य विश्वकर्मा, वडा अध्यक्ष पदम पुन, वडा सचिब शिब शर्माले कला संस्कृति र खेलकुद क्षेत्रको प्रवद्र्धनको लागि स्वर्गाश्रम युवा क्लबले सञ्चालन गरेको मेला सहयोगी बन्ने बताउँदै समाजका हरेक सामाजिक क्षेत्रमा क्लबको सहकार्य र सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

क्लब अध्यक्ष भिमप्रसाद पुर्जाको अध्यक्षता, पूर्व अध्यक्ष लिल बहादुर छन्त्यालको स्वागत र सचिब जितबहादुर पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ऋषिमुनीहरुले तपस्या गरेको स्वर्गाश्रम र पर्यटकीय सभ्भावनायुक्त बेलढुंगा लगायतका पर्यटकीय क्षेत्रको उजागर गर्नको लागि मेला आयोजना गरिएको र यसले खेलकुद संगै पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको क्लबका सल्लाहकार तारामिलन छन्त्यालले बताउनुभयो ।