सूचना प्रणाली व्यवस्थापन तालीम सुरु

  • ६ माघ २०७४, शनिबार
  • 1921 पटक पढिएको

बेनी ६ माघ । बेनीमा शुक्रबारदेखि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणाली व्यवस्थापन तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय, मालिका र रघुगंगा गाउँपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिन सम्म सञ्चालन हुनेछ् । तालीममा दुई वटै गाउँपालीकाका वडा सचिवहरुको सहभागिता रहेको छ । 

धौलागिरी र मंगलाका केही वडा सचिव तथा कर्मचारीहरुको पनी कार्यक्रममा सहभागिता छ । जन्म, मृत्यु, बसाईसराई, बिवाह, सम्बन्ध बिच्छेदको व्यक्तिगत घटना र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विद्युतीय अभिलेख राख्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
तालीमको उद्घाटन गर्नुहुदै रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले सूचना प्रबिधिको प्रयोग गरेर सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाहका साथै अभिलेखलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । तालीमको काठेखोला गाउँपालीकाका नायव सुब्बा मिनबहादुर थापाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा सम्र्पक व्यक्ति राजेन्द्र आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु, मालीका, रघुगंगा र धौलागिरी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृतहरु छवीलाल सुवेदी, नारायणप्रसाद चापागाई र अर्जुन शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।