जिल्लाको प्रमुख पर्यटकियस्थलको अवलोकन गर्न महोत्सवमा हेलिकप्टरको आकर्षण

  • ४ माघ २०७४, बिहीबार
  • धिरन खत्री
  • 2062 पटक पढिएको


म्याग्दी, ४ माघ । छैटौ म्याग्दी महोत्सव एवंम माघेसक्रान्ति मेलाको आकर्षणको केन्द्रविन्दु हेलिकप्टर बनेको छ । महोत्सवको सातौ दिन ४५ जनाले हेलिकप्टरबाट म्याग्दीको प्रमुख पर्यटकियस्थलको अवलोकन गरेका छन् ।


जिल्लाको बेनी नगरपालिका, रघुगंगा, अन्नपुर्ण, मालिका, मंगला, र धौलागिरि गाउँपालिकामा रहेको पर्यटन र जलस्रोत, कृषि, जडिबुटी र कलासस्कृतिको सम्भावनालाई उजागर गर्न आयोजित म्याग्दी महोत्सवमा प्रमुख पर्यटकियस्थल अवलोकन गर्न हेलिकप्टरको आकषर्ण बढेको हो ।


जिल्लाको पुनहिल, मोहरेडाडाँ, रुइसे, मालिकाधुरी, रिखार मन्दिर, गलेश्वरधाम लगायतका पर्यटकियस्थल अवलोकन गर्न पाईने छ । म्याग्दीको प्रमुख पर्यटकियस्थल अवलोकन गर्नका लागि छोटो, लामो दुरी र ढोरपाटन सिकार आरक्ष घुम्नका लागि प्रतिब्यक्ति ७ हजार, १० हजार र १४ हजारको टिकट रहेको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l