पुरुष भलिबलको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका भिड्ने

  • ४ माघ २०७४, बिहीबार
  • धिरन खत्री
  • 3383 पटक पढिएको

म्याग्दी, ४ माघ । छैटौ म्याग्दी महोत्सव एवम् माघे सक्रान्ति मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बेनी नगरपालिका र मंगला गाउँपालिका प्रवेश गरेका छन् ।


महोत्सवको सातौ दिन भएको सेमिफाईनल प्रतिायोगितामा प्रतिस्पर्धात्मक भिडन्ताले दर्शकलाई आनन्द दिएको थियो । सो सेमिफाईनलमा बेनी नगरपालिकाले मोदी गाउँपालिका पर्वतलाई २ का विरुद्ध तिन सेट पछि पार्दै बेनी नगरपालिका फाईनलमा प्रवेश गरेको हो । भने मंगला गाउँपालिकाले काठेखोला गाउँपालिका बागलु«ङलाई दुईका विरुद्ध तिन सेटले पछि पार्दै मंगाला फाईनलमा प्रवेश गरेको हो ।


सो फाईनल प्रतियोगिता महोत्सवको नौ औ दिनमा हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै महिला भलिबल प्रतियोगितामा सोझो सेटमा मालिका गाउँपालिकालाई हराउदै मंगला गाउँपालिका विजयी भएको छ । भने बेनी नगरपालिकालाई हराउदै अन्नपुर्ण गाउँपालिका विजयी भएको छ । त्यस्तै भोलि विहान ८ बजे मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाको खेल हुने छ।


पुरुष भलिवलको विजेतालाई ७७ हजार ७७७ रुपैया र उपविजेतालाई ४४ ह ४४४ रुपैया रहेको छ, भने महिला भलिबलतर्फ विजेतालाई ४४ हजार ४४४ रुपैयाँ र उपविजेतालाई २२ हजार २२२ रुपैया रहेको छ । भने अनुशासित टिमलाई दूईहजार रुपैया पुरुष्कार रहेको छ । त्यस्तै बास्केटबल प्रतियोगितामा विजेतालाई ३३ हजार ३३३ रुपैयाँ र उपविजेतालाई २२ हजार २२२ रुपैया रहेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l