घोडा सफारीमा बालबालिकाको आकर्षण

 


म्याग्दी,३ माघ । आन्तरिक तथा बाह्रय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित छैटो म्याग्दी महोत्सव एव्म माघे सक्रान्ति मेलामा घोडा सफारी बालबालिका र युवायुवतीको रोजाईमा परेको छ । महोत्सवमस्थल खुल्लामञ्चबाट पर्यटकियस्थल लभ्लीहिलसम्म घोडा सफारी गर्न पाईने छ । जिल्लाको पर्यटन, जलविधुत र कृषि लगायतको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा अवलोकन गर्न आउने दर्शकहरुलाई घोडा सफारीमा आकर्षण बढ्दै गएको छ । तस्विरः धिरन खत्री