पुरुष भलिबलमा बेनी नगरपालिका, काठेखोला, मोदी र मंगला गाउँपालिका सेमिफाइनल प्रवेश (भिडियो सहित)

  • ३ माघ २०७४, बुधबार
  • 3736 पटक पढिएको

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगितामा बेनी नगरपालिका सहित काठेखोला गाउँपालिका, मंगला गाउँपालिका र मोदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो ।

बुधवार भएको खेलमा कुश्मा नगरपालिकालाई पराजीत गर्दै बेनी नगरपालिका र मालिका गाउँपालिकालाई पराजीत गर्दै बागलुङको काठेखोला गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका हुन् । यस अघि पर्वतको मोदी र म्याग्दीको मंगला गाउँपालिका सेमिफाइनल प्रवेश गरिसकेका छन् । विहिवार बेनी नगरपालिका र मोदी गाउँपालिका तथा मंगला गाउँपालिका र काठेखोला गाउँपालिका बिच फाईनल प्रवेशको लागि प्रतिस्पर्धा हुने खेलकुद संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबिच बुधवार देखि नै बेनीमा पुरुष बास्केटवल खेल समेत सुरु भएको छ भने विहिवारदेखि महिला भलिवल सुरु हुनेछ । पुरुष भलिबलको बिजेतालाई ७७ हजार ७७७ , उपबिजेतालाई ४४ हजार ४४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, दितृय हुनेलाई २२ हजार २२२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र दितृय हुनेलाई २२ हजार २२२ रुपैया सहित मेडल, ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।