मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)

  • ३ माघ २०७४, बुधबार
  • 3114 पटक पढिएको

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे ।

माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक मिलन लामा, गायिका प्रिती आले लगायतको प्रस्तुतीले छमछमी नचाएको थियो । सोही अवसरमा गायक लामा र गायिका आलेले लाइभ दोहोरी समेत गाएका थिए ।

भिडियो :

सो अवसरमा गायक रमेशराज भट्टराई, गायीका सोभा कार्की, गायक कृष्ण क्षत्री, सुजन बराईली, राजन भण्डारी लगायतको बिशेष साँगेतिक प्रस्तुती रहेको थियो । यसैबिच आज पनि चर्चित राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।