लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम बन्यो (भिडियो सहित)

  • २ माघ २०७४, मंगलवार
  • धिरन खत्री
  • 3167 पटक पढिएको

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ९ टिमले सहभागीता जनाएको सो प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको छ ।


आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर संघ कास्की प्रथम, माउण्ट एभरेष्ट आवासीय मावि बेनी द्धितिय हुन सफल भएका छन् । प्रथम र द्धितिय हुने कलाकारहरुको टीमलाई क्रमश ः नगद रु २२ हजार २२२ र ११ हजार १११ को साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको खुला लोकनृत्य प्रतियोगिताका संयोजक एवम् म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।


कार्यक्रममा प्रथम र द्धितिय हुने कलाकारहरुलाई म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जिवन बहादुर विश्वकर्मा, संघका बरिष्ट उपाध्यक्ष बेलबहादुर चोखाल, प्रतियोगिताका संयोजक सुविन श्रेष्ठ, निर्णायक प्रमुख इश्वर श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैबिच महोत्सवमा मंगलवार पनि चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुले साँगेतिक प्रस्तुती राख्ने भएका छन् । मिलन लामा, प्रिती आले, रमेशराज भट्टराई, सोभा कार्की, कृष्ण क्षत्री, राजन भण्डारी लगायतको साँगेतिक प्रस्तुती भईरहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l