गायीका छन्त्याल र गायक गर्वुजाको ‘ निगाली गाँजैमा’ सालैजो बजारमा (भिडियो सहित)

  • २ माघ २०७४, मंगलवार
  • 2791 पटक पढिएको

म्याग्दी, २ माघ । म्याग्देली गायीका आश्मा छन्त्यालले निगाली गाँजैमा बोलको सालैजो गित बजारमा ल्याएकी छिन् । गायीका आश्मा छन्त्याल र गायक खड्क गर्बुजाको स्वरमा रहेको सो गितलाई साथिभाई डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

म्याग्देली कलाकार प्रविन खत्रीको शब्द तथा लालु परियारको लय र रामु विरहीको एरेन्जमा तयार गरिएको सो गितलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । मौलिक भाकाको सालैजो उक्त गितमा सन्तोष छन्त्याल, रिना थापा लगायतका कलाकारहरले निकै आकर्षक नृत्य गरेका छन् । अरुण कुमार सुनारले छायांकन गरेको म्युजिक भिडियो भागी गाहले निर्देशन गरेका हुन् ।