जिविसको कार्यालयमा लगाएको ताला प्रशासनले तोड्यो

  • २३ फाल्गुन २०७३, सोमबार
  • सन्तोष गौतम
  • 2283 पटक पढिएको

म्याग्दी,२३ फागुन । गाउँपालीकाको केन्द्रको माग गर्दै विभिन्न रघुगंगा र धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बेनी स्थित जिल्ला विकास समितिको कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनले तोडेको छ ।  मौवाफाँटमा केन्द्र कायम हुनुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुधबार र ताकममा केन्द्र हुनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बिहीबार जिविसमा तालाबन्दि गरेका थिए ।

jibasa

आईतबार साँझ प्रहरीले ताला तोडेपछि सोमबार देखि जिविसको कामकाज सूचारु भएको छ । जिविसमा प्रहरीले सुरक्षा दिएको छ । स्थानीय निकाय पुनसंरचना आयोगको गाउँपालीकाको केन्द्र रहने ठाउँमा उच्च मावि, भौतिक पुर्वाधार लगायतका मापदण्डको आधारमा ताकमलाई केन्द्र कायम गर्नुपर्ने माग राख्दै ताकमबासीले सोमबार पनि बन्द र प्रर्दशनलाई निरन्तरता दिएका छन् ।दरवाङ–ताकम–मुना सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा ताकमका साथै मुना, मुदी, लुलाङ, गुर्जा गाविस र ढोरपाटन क्षेत्रका बासिन्दालाई सास्ती भएको छ ।
रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बेनी–जोमसोम सडकको गलेश्वर तिप्ल्याङ खण्डमा गरेको चक्का जाम आईतबारदेखि फिर्ता लिएका छन् । जिल्लाका सांसद र राजनितिक दलका नेताहरुको टोली काठमाडौ गएर स्थानीय तहको टुङ्गो लगाउन सरकारद्धारा गठित कार्यदलका संयोजक स्थानीय विकास मन्त्री हितराज पाण्डे, आपूर्ती मन्त्री दिपक बोहोरा र उद्योग मन्त्रि नविन्द्रराज जोशीलाई भेटेर बिवाद र आन्दोलनका बारेमा जानकारी गराई समाधानका लागि पहल गर्न अनुरोध गरेको छ । स्थानीय तहको संख्या, सिमाना, केन्द्र र नामाङ्कनका लागि जिल्ला स्तरमा गठित तत्कालीन प्राबिधिक सहयोग समितिले रघुगंगाको केन्द्र मौवाफाँट वा पाखापानी र धौलागिरीको ताकम वा मुना मध्य एक ठाउँमा केन्द्र कायम गर्न सिफारीस गरेको थियो ।

सन्तोष गौतम