महोत्सवमा मौलिक दोहोरी गितले दशर्क तान्दै ( भिडियोसहित )

  • १ माघ २०७४, सोमबार
  • धिरन खत्री
  • 2675 पटक पढिएको

म्याग्दी, १ माघ । सदरमुकाम बेनीबजारमा आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेलामा मौलिक दोहोरी गित प्रतियोगिताले खुल्लामञ्चमा दर्शकको भिड लागेको छ । सोमबार चर्चित राष्ट्रिय कलाकार एवम् लोकदोहोरी गित प्रतियोगिताले मञ्ञमा दर्शकको भिड लागेको हो ।


आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितामा आठँ टिमको सहभागिता मध्य आईतबार भएको याक होटल र मंगला युवा क्लव विच भएको दोहोरी प्रतियोगितामा याक होट विजयी भएको थियो । सोमबार बानियाँ गहना पसल, बेनी र बुद्ध एकेडेमि बगरफाँटविच भएको लोकदोहोरी प्रतियोगिताले दर्शकको भिड लोगको थियो ।


माघ १ गते एवम् माघेसक्रान्ति पर्वको दिनमा राष्ट्रिय कलाकार थानेश्वर गौतम, ज्योती मगर, लाली बुढाथोकी, हास्यकलाकार जिक्रि पाडे र राम गगन लगायतको प्रस्तुती हुनेभएपछि दर्शकको भिड लागको हो । महोत्सवको पाचौ दिन खुल्ला लोकनृत्य प्रतियोगिता रहेको छ । महोत्सवको छैटौ दिन म्याग्दी लोकदोहोरी प्रतिष्ठान र सृजना मम रेष्टुरेण्ट एण्ड कटेज न्युरोड र सातौ दिन नेपाल मगर संघ र मंगला गाउँपालिकाको लोक दोहोरी प्रतियोगिता हुने दोहोरी तथा नृत्य प्रतियोगिताका संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो ।


खुल्ला लोकदोहोरी गित प्रतियोगितामा प्रथम पुरुष्कार एक लाख एक हजार १११ रुपैयाँ र दिप्तृयलाई ५१ ह्जार १११ रुपैयाँ तथा सहभागी समूहलाई प्रतिदिन दुई हजारका दरले भक्ता पनि रहेको छ । साथै महोत्सवमा सामुहिक खुल्ला लोकनृत्य प्रतियोगितामा बिजेतालाई २२ हजार २२२ रुपैया र उपविजेतालाई ११ हजार १११ रुपैया पुरुष्कार रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l