बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढ्यो (फोटो फिचर)

  • १ माघ २०७४, सोमबार
  • 3365 पटक पढिएको

म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको रौनकता बढेको छ । मगर समुदायको प्रमुख चार्डको रुपमा चिनिने यस पर्वको अबसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यालीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन गरिएको थियो ।

माघे संक्रान्ति पर्वको अवसरमा संघले शुभकामना आदान प्रदान कार्यक्रम सहित मौलिक संस्कृतिको पदर्शन कार्यक्रम समावेश गरेको नेपाल मगर संघ म्याग्दीका सचिब लोकेश पुन मगरले बताउनुभयो ।

माघे संक्रान्ति पर्वकै अवसरमा म्याग्दी उद्योग बाणिज्य संघले बेनीमा छैटौँ म्याग्दी महोत्सव समेत सञ्चालन गरेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साँगेतिक प्रस्तुती राख्ने क्रम बढेसंगै महोत्सव संगीतमय बनेको छ ।