म्याग्दी महोत्सवमा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृती बन्यो आकर्षण (फोटो फिचर)

  • ३० पुष २०७४, आईतवार
  • धिरन खत्री
  • 2039 पटक पढिएको

म्याग्दी, ३० पुष । बेनीमा सञ्चालीत छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एव. ४ नम्बर प्रदेश स्तरीय कृषि, औद्योगिक, ब्यापारीक मेलामा स्थानीय उत्पादनको प्रर्दशनी र लोक संस्कृतीले दर्शकलाई आकर्षित गरेको छ । परम्परागत रुपमा बेनीमा लाग्दै आएको माघे संक्रान्ति पर्वको निरन्तरताको लागि म्याग्दी उद्योग बाणिज्य संघले मेला एवम् महोत्सव आयोजना गर्दै आएको छ । पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय उत्पादनको प्रचार प्रसार र कला संस्कृतिको संरक्षणको लागि बिशेष जोड दिईएको हो ।

म्याग्दी जिल्लाको सम्भावनाको उजागर गराई स्थानीय उत्पादनको बजारीकरण, कृषि, ब्यापारमा यान्त्रीकरण र कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले बेनीको खुल्ला मञ्चमा जारी महोत्सवमा दर्शकको संख्या हरेक दिन बढ्दै गएको छ । महोत्सवमा जिल्लामा रहेका सबै जसो स्थानीय तहले आ–आफ्नो क्षेत्रको लघुउद्यमी, कृषि उपज र हस्तकलाका सामाग्रीहरुलाई प्रदर्शनीमा राखेका छन् । लघु उद्यमीहरुले अग्लोको कपडा, भिरमह, सिमी, सिस्नुको पाउडर, हातबुन्ना कपडा र झोला, नेपाली कागज, चिज, घर छाउन प्रयोग गरिने स्लेट ढुंगा लगायतका सामाग्री राखेका छन् ।

महोत्सवमा ढोरपाटन क्षेत्रको आलु, फापरको पिठो, चामल पनी प्रर्दशनी गरिएको छ । यसैगरी प्रदेश नम्बर ४ का ठुला ठुला उद्योगी व्यवसायिहरुले सवारी साधन, विभिन्न यन्त्र उपकरणको स्टल संगै बैङ्क एवम् वित्तिय संस्था, होटल र ब्यापारीक स्टलहरु रहेका छन् । दुई सय वटा स्टलहरु रहेका महोत्सवमा स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीको व्यवस्था गरीएको संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । यस पटकको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिलाई प्राथमिकतामा राखेको कारण पनि दर्शकहरुको आकर्षण त्यसतर्फ देखिएको छ । मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले यस बर्ष पहिलो पटक म्याग्दीमा रत्यौली गित प्रतियोगिता समावेश गरेको हो ।

मौलिक संस्कृतिको रुपमा रहेका यस्ता प्रतियोगिताहरुलाई महोत्सवमा समावेश गरि आयोजकले रचनात्मक कार्य गरेको जानकारहरु बताउँछन् । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतीहरु संगै खुला दोहोरी गित र लोकनृत्यको साथमा रत्यौली गित प्रतियोगिता समावेश गरिएको र यसले यहाँको मौलिक कला संस्कृति र पहिचानलाई जोगाउन सहयोग पुग्ने आयोजकको भनाई छ । मौलिक कला संस्कृति संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको छ । महोत्सवमा बेनी देखि लम्ली हिल सम्म पुग्न घोडा सयर कालिगण्डकी नदीमा ¥याफ्टीङको सुविधाले पनि महोत्सव अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याईरहेको छ ।

बेनीदेखि लभहिलसम्म प्रतिव्यक्ति घोडा चढेर जान आउन पाँच सय र जलेश्वर देखि बेनीसम्म कालीगण्डकीमा ¥याफ्टीङ गर्न सात सय रुपैया शूल्क तोकीएको छ ।

हेलीकप्टरबाट विभिन्न पर्यटकीय स्थलहरुको दृष्य अवलोकन गर्ने व्यवस्था पनी मिलाइएको छ । महोत्सव स्थलमा रहेको धौलागिरी क्षेत्रका पर्यटकीय क्षेत्रहरुको तस्बिर पदर्शनी र म्याग्दी जिल्लाको बृत्तचित्र पर्दशनीमा समेत दर्शकहरुको भिड लाग्ने गरेको छ । रघुगंगा गाएँपालिकाको तर्फबाट अमृत श्रीपालीले राखेको चित्रकला पर्दशनीले समेत दर्शकहरुलाई आकर्षित गरिरहेको छ ।

म्याग्दी जिल्लाको समग्र सम्भावनालाई उजागर गरी स्थानीय उत्पादनको बजारीकरणका साथै कृषि, पर्यटन, जलविद्युत, खनिज क्षेत्रमा लगानी भित्र्याउन सन्देश प्रवाह गराउने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख पाहुना भित्र्ने र छ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको यस महोत्सवमा स्थानीय तह स्तरीय भलिबल, बास्केटवल लगायतका प्रतियोगिताहरुलाई समेत समावेश गरिएको छ । महोत्सवको अवसरमा जिल्लामा रहेका परम्परागत कला संस्कृतिहरुको प्रस्तुीहरुलाई समेत जोड दिईएको छ । विगतको निरन्तरता संगै मौलिक कला संस्कृति संरक्षण र घरेलु र लघु उद्यमको विकास संगै पर्यटन प्रवद्र्धनको क्षेत्रमा नयाँ योजना सहित सञ्चालन भएको छैटौँ म्याग्दी महोत्सवले यहाँको व्यापार व्यवसायको प्रवद्र्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l