जापानमा रहेका राखुबासी संगठीत हुँदै

  • ३० पुष २०७४, आईतवार
  • 2030 पटक पढिएको

म्याग्दी, ३० पुस । जापानमा रहेका राखुबासी एकजुट भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र वडा नम्बर ३ पिप्लेबाट विविध शिलसिलामा जापनमा पुगेकाहरु संगठीत हुन थालेका हुन् । अध्ययनको शिलशिलामा जापानको नागोयामा रहेका भगवतीका सागर भण्डारी र धु्रर्व रिजालको पहलमा अध्ययन र रोजगारिको शिलसिलामा जापनमा पुगेका राखुसबासीहरुलाई गोलबद गर्ने उदेश्यले रखाल समाज जापान गठन गरिएको हो ।

हालै भएको एक भेलाले तारा कार्कीको अध्यक्षतामा रखाल समाज जापान गठन गरेका हुन् । समितिको उपाध्यक्ष राजेश कार्कि, सहउपाध्यक्षमा पार्वती सेन, महासचिबमा रेशम केसी, सचिबमा गोविन्द भण्डारी, सहसचिबमा टंक खत्री, कोषाध्यक्षमा कमल मल्ल र सहकोषाध्यक्ष गोपाल भण्डारीलाई चयन गरिएको छ । त्यसैगरि सदस्यहरुमा राजकुमार मल्ल, रवि खत्री, लक्ष्मण केसी, प्रकाश रिजाल, सागर श्रेष्ठ, अनुपम केसी, नारायण भण्डारी, अश्विन भण्डारी, सुजना भण्डारी लगायत रहेका छन् ।

सो भेलाले समाजको संस्थापकमा सागर भण्डारी र ध्रुर्व रिजाललाई चयन गरेको छ भने कृष्ण मल्लको संयोजकत्वमा राजाराम कटुवाल लगायतका व्यक्तिहरु सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । समाजले जापानमा विविध समस्यामा पर्ने राखुबासीलाई सहयोग गर्दै राखु क्षेत्रमा आईपर्ने विभिन्न सामाजिक कार्यमा रचनात्मक सहयोग गर्ने संस्थापक सागर भण्डारीले बताए ।