सहकारी संघको अध्यक्षमा पुनः कार्की चयन

  • ३० पुष २०७४, आईतवार
  • सन्दिप शर्मा
  • 2497 पटक पढिएको

म्याग्दी, ३० पुस । जिल्ला सहकारी संघ म्याग्दीको अध्यक्षमा पुनः गलेश्वर बहुउदेश्यीय सहकारी संस्थाका प्रेम बहादुर कार्की चयन हुनु भएको छ । सदरमुकाम बेनि बजारमा सम्पन्न दशौं बार्षिक साधारण सभा तथा अधिबेशनबाट कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएकोे हो । समितीको उपाध्यक्षमा अर्थुङ्गे बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि ज्ञानेन्द्र सुवेदी, सचिवमा दिदिवहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्योति लामिछाने, कोषाध्यक्षमा दर्वाङ्ग बतच तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा र सह–सचिवमा न्यू निलगिरी बचत तथा ऋण सहकारीका प्रतिनिधि यामबहादुर खड्का निर्वाचित हुनु भएको छ ।


त्यस्तै गरि सदस्यहरुमा साहारा बचत तथा ऋण सहकारीका अध्यक्ष देवि प्रसाद शर्मा, संगम कृषि सहकारी संस्थाका अध्यक्ष नीसा महत, घतान ग्रमीण बचत तथा ऋण सहकारीका प्रतिनिधि रुद्र रेग्मी, विश्वामित्र बचत तथा ऋण सहकारीका प्रतिनिधि यामबहादुर बाँनिया, गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारीका प्रतिनिधि कृष्णबहादुर पुन, सर्वसहमत र्निवाचित हुनुभएको छ । अधिवेशनले भिमप्रसाद गौतमको संयोजकमा लेखा समिती पनि चयन गरेको छ । समितिको सदस्यहरुमा अमृता भण्डारी र मुक्ती सुवेदी रहनु भएको छ ।

साधारण सभाको उद्घाटन गर्दे राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुको सबै नगर तथा गाँउपालिका हरुमा ऐन बनाउनु पर्ने र अहिले बनेका सहकारीका केहि ऐन हरुलाई सुराध गर्नु पर्ने बताउनु भयो । त्यस्तै सहकारी अभियान मार्फत सहकारीको श्रम, शिप र पुजिको ब्यवस्थापन गरि राज्यलाई समृद्वि तर्फ लैजानु पर्ने बताउनु भयो । जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादु कार्कीको अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृता भण्डारी स्वागत गर्नु भएको थियो भने निर्वाचन मण्डलका सदस्य धुर्वराज शर्मा, जिल्ला समन्य समितीका सदस्य शेर बहादुर केसी ले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सन्दिप शर्मा