म्याग्दी महोत्सवको अबवसरमा कालिगण्डकीमा र्‍याफ्टिङ सञ्चालन (फोटो कथा )

  • २९ पुष २०७४, शनिबार
  • कमल खत्री
  • 4995 पटक पढिएको

म्याग्दी, २९ पुस । म्याग्दी महोत्सबको अबसरमा बेनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि कालिगण्डकी नदीमा जलयात्रा गराउन थालिएको छ । महोत्सव अवधिभरको लागि जलेश्वरदेखि दोबिल्लासम्म ¥याफ्टिङ सञ्चालन गरिएको हो ।
कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै ¥याफ्टीङ गर्दा साहासीक एवं रोमाञ्चक अनुभुती हुने गरेको ¥याफ्टीङमा जलयात्रा गर्नेहरुको भनाई छ ।

 

जलयात्रामा मनोरञ्जन संगै रमाईलो अनुभबका लागि ¥याफ्टीङ मार्फत जलयात्रा गर्ने व्यबस्था मिलाईएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । जलेश्वरदेखि कालीगण्डकीमा जलपर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले पोखरादेखि ¥याफ्टीङ कम्पनीसंग समन्व्य गरि ¥याफ्टीङ सञ्चालन गरिएको उहाँको भनाई छ ।

छोटो दुरीमा सञ्चालन गरिएको ¥याफ्टीङमा प्रतिव्यक्ति रु ७०० शुल्क लिने गरिएको छ ।‘‘ यस अघि पाँचौ महोत्सव अवधिभर छोटो दुरीमा सञ्चालित ¥याफ्टीङमा आन्तरीक पर्यटकहरुको आकर्षण बढेको थियो, यस पटक पनि हामीले सोही दुरीमा सञ्चालन गरेका छौँ, यसलाई नियमित रुपमा सञ्चालन गर्ने बिषयमा पनि छलफल भईरहेको छ’’–अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l