एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे चयन

  • २९ पुष २०७४, शनिबार
  • सन्तोष गौतम
  • 3189 पटक पढिएको

बेनी, २९ पुष । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको छैठौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले हुमनाथ पाण्डेको अध्यक्षतामा २३ सदस्यीय संगठनको जिल्ला कमिटि निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा यामबहादुर जिसी, महिला उपाध्यक्षमा सरस्वती परियार, उपाध्यक्षमा बालकृष्ण पौडेल, देवराज शर्मा, सचिवमा गोविन्द शर्मा, अर्थ सहसचिवमा ज्ञानेन्द्र सुवेदी, सहसचिवमा मदन सुवेदी र चुडामणी सापकोटा चयन हुनुभएको छ ।

सदस्यहरुमा ठाकुर पौडेल, अनिता केसी, खड्गबहादुर पुन, परशुराम गौडेल, तुलप्रसाद पुन, विरबहादुर तरामी, गणेश गिरी, डेगबहादुर थापा, होमनाथ रिजाल, गुरुदत्त पौडेल, महेन्द्र केसी, रुपेश सुवेदी, टकसरा पुन र ओमबहादुर थापा रहनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै संगठनका केन्द्रिय उपाध्यक्ष भपिन्द्र केसीले देशको नयाँ संरचना अनुसार शिक्षा निती निर्माण हुनुपर्ने बताउनुभयो । स्थानीय तहले शिक्षा निती निर्माणका क्रममा शिक्षकको समस्या सम्बोधन र शैक्षिक गुणस्तर सुधारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले तिनै तहको निर्वाचन भएपछि देश नयाँ चरणमा प्रवेश गरेको बताउँदै बाम एकताको प्रक्रिया धेरै अघि बढेकाले कसैले रोकेर नरोकिने स्पष्ट पार्नुभयो । प्रदेशसभा सदस्य बिनोद केसीले शिक्षा निती र प्रणालीमा सुधार गर्दै सामुदायीक विद्यालयप्रती विश्वास बढाउन शिक्षकहरुले मेहनत गर्नुपर्ने बताउनुभयो । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले हक अधिकारसंगै पेशागत मर्यादालाई पनी कायम राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमीरे, नेपाल राष्ट्रिय शिक्षक संगठनका लेखबहादुर हमाल र नेपाल शिक्षक संघका सभापती दुर्गाराम सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । संगठनका अध्यक्ष चिरञ्जिवी बोगटीको अध्यक्षता, उपाध्यक्ष भेषनाथ गौतमको स्वागत मन्तब्य र सचिव हुमनाथ पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

????????????????????????????????????

सन्तोष गौतम