बेनीमा निशूल्क आँखा शिवीर सुरु

  • २९ पुष २०७४, शनिबार
  • 2699 पटक पढिएको

बेनी,२९ पुष । बेनीमा शनिबारदेखि निशूल्क आँखा शिवीर सुरु भएको छ । बेनी अस्पताल परिसरमा सुरु भएको शिवीरको बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शिवीर सुरु भएको हो । शिवीर सञ्चालनका लागि बेनी नगरपालीकाको ६, ७ र ८ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेका लायन्स कल्व अफ बेनी म्याग्दीका अमर बानियाले जानकारी दिनुभयो ।

लायन्स कल्व अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, बेनी पिस सिटी, बेनी महारानी तथा लियो कल्व अफ म्याग्दी र बेनीले संयुक्त रुपमा शिवीरको आयोजना गरेका हुन् ।

शिवीरमा आँखा परिक्षण, परामर्श, चश्मा वितरणका साथै मोतिया बिन्दुको निशूल्क शल्यक्रियाको सुबिधा रहेको छ । हिमालयन आँखा अस्पताल पोखराका चिकित्सक ईन्द्रमान अधिकारी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिने शिवीर दुई दिनसम्म सञ्चालन हुने जनाएको छ । पहिलो दिन तिन सय जना भन्दा बढीले सेवा लिएका छन् ।