सिद्धेश्वर शिवालय विकास समितिको साधारणसभा सम्पन्न

  • २९ पुष २०७४, शनिबार
  • 1477 पटक पढिएको

म्याग्दी, २९ पुस । पर्वतको जलजला गाउँपालीका ३ मा रहेको सिद्धेश्वर शिवालय विकास समितिको पाँचौ वार्षिक साधारणसभा शनिबार मल्लाजमा सम्पन्न भएको छ ।साधारणसभामा जलजला गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले पुरातात्विक, धार्मीक तथा पर्यटकीय महत्व सम्पदाको संरक्षण र प्रर्वद्धनमा जोड दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी), समितिका संरक्षक टेकबहादुर जिसी, थलबहादुर जिसी, गोपालप्रसाद आचार्य, ओमबहादुर जिसी र नविन जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

समितिका अध्यक्ष गुमानसिङ कार्कीको अध्यक्षता, उपाध्यक्ष धनकुमारी बरुवालको स्वागत र सचिव डम्मरबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा समितिका जेष्ठ सदस्य मेखबहादुर जिसीलाई सम्मान गरिएको थियो ।