महोत्सव संगितमय बन्दैः रत्यौलीमा क्षेत्री समाज प्रथम र धौलागिरि नाट्य समुह द्धितिय

  • २९ पुष २०७४, शनिबार
  • धिरन खत्री
  • 3668 पटक पढिएको

म्याग्दी,२९ पुष । सदरमुकाम बेनीमा आयोजना भएको छैटौ म्याग्दी महोत्सवको दोश्रो दिन मौलिक रत्यौली प्रतियोगिताले संगितमय बन्दै गएको छ । रत्यौली प्रतियोगितामा सात टिमको सहभागिता मध्य महिला क्षेत्री समाज, म्याग्दी प्रथम र धौलागिरि नाट्य समुह द्धितिय भएका छन् ।


सो रत्यौली प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १११ रुपैया र द्धितिय हुनेलाई ७ हजार १११ रुपैया पुरुष्कार प्रदान गरिएको थियो । पहिलो चोटी आयोजना गरिएको रत्यौली प्रतियोगितामा बेनी नगरपालिका वडा २, महिला क्षेत्री समाज, भृकुटी आमासमुह बेनपा ५, ब्राह्रमण समाज, म्याग्दी, भगवती मल्लको टिम, धौलागिरि नाट्य समुह र शिक्षा मार्ग आमासमुहको सहभागिता रहेको लोकसस्कृतिक कार्यक्रमका संयोजक सुविन श्रेष्ठले जानकारी दिुनभयो ।


लगनविहिन पुष महिनामा आयोजना गरिएको म्याग्दी महोत्सवमा दोश्रोदिन रत्यौली प्रतियोगितामा बास्तविक विहेजस्तै प्रस्तुतीले दर्शकको मन केन्द्रित गरेको थियो । विहेमा घरबाट केटीको घरमा ब्याउला भएर जादाँदेखि ब्याउली लिएर आउदाँसम्म मौलिक रुपमा घरगाउँमा गरिने विधिलाई समात्दै रत्योली गित गाएका थिए । गितमार्फत विहे नगर्दाको घरमा छोराको ब्यवहार र विहे गरिसकेपछि छोराको ब्यवहारको गितमा नाच्नेको भिड लागेको थियो ।


स्थानीय र राष्ट्रिय हास्यकलाकार र गायककारको प्रस्तुतिले म्याग्दी महोत्सवमा साझपख संगितमय बन्दै जानेको गरेको छ । महोत्सवको दोस्रो दिन नेपाल आईडल प्रमिला राई, सहिमा श्रेष्ठ, दिपक शर्मा, राजेन्द्र सापकोटा र स्थानीय कलाकार दिपेन्द्र थापा र हास्यकलाकार लगायतको प्रस्तुती रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l