स्वर्गिय बुवाआमाको सम्झनामा विद्यालयमा एक लाखको अक्षकोष

  • २९ पुष २०७४, शनिबार
  • 2113 पटक पढिएको

म्याग्दी, २९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीका एक ब्यक्तिले स्वर्गिय बुवाआमाको नाममा विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । भगवती पखटोल निवासी लेठबहादुर खत्रीले श्री सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा स्वर्गिय बुवा पुर्णबहादुर खत्री र आमा भिमकुमारी खत्रीको स्मृतिमा १ लाख १११ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् ।


सो रकम खत्रीले शुक्रबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि खत्री र प्रअ तोरणबहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् । अक्षयकोष स्थापनमा लागि लेठबहादुर खत्री र उनका छोरा रामकुमार र अर्जुन खत्रीले सयुक्त रुपमा विद्यालयमा उपस्थित ब्यवस्थापन समिति, शिक्षक लगायतको उपस्थितमा सो रकम विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
अक्षय कोषबाट प्राप्त ब्याजबाट विद्यालयमा पढ्ने जेहन्दार विद्यार्थीलाई छनोट गरि छात्रवृति वितरण गरिने विद्यालय प्रअ तोरणबहादुर श्रेष्ठले जानकारी दिएका छन् । विद्यालयमा स्थापित भएको अक्षकोषले अध्ययनरत आथिर्क अवस्था कमजोर भएका परिवारका विधार्थीलाई सहयोग पुग्ने देखिन्छ ।