महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने‘ म्याग्दीको समृद्धि पर्यटन र जलस्रोतको विकासबाट सम्भव छ’ (भिडियो सहित)

  • २९ पुष २०७४, शनिबार
  • कमल खत्री
  • 1909 पटक पढिएको

म्याग्दी, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले म्याग्दीमा जलस्रोत, पर्यटन, जडिबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धता समेत जनाउनुभएको छ । शुक्रवारदेखि बेनीमा म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सुरु भएको छैठौँ म्याग्दी महोत्सवको उद्घाटन गर्दै उहाँले म्याग्दी पर्यटन र जलस्रोतको उपयोग मार्फत समृद्धिको बाटो अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

आफु प्रधानमन्त्री भएको समयमा तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ मार्फत समग्र म्याग्दीको विकासमा आबश्यक पहल र प्रयासहरु भएको उल्लेख गर्दै आगामी सरकारले ती कार्यहरुलाई पूर्णता दिने बताउनुभयो ।कोरला नाका सञ्चालनको लागि आफु प्रधानमन्त्री रहेकै समयमा समेत चिन भ्रमणको क्रममा चिनीया सरकार र अधिकारीहरुसंग आबश्यक छलफल भएको उल्लेख गर्दै प्रचण्डले यो नाका निकट भविश्यमै सञ्चालनमा आउने र यसले यस क्षेत्रको समग्र आर्थिक विकासमा कोसेढुंंगा सावित हुनेमा जोड दिनुभयो ।

भिडियो

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l