पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्थाको सातौ बार्षिक साधारण सभा सम्पन्न

  • २९ पुष २०७४, शनिबार
  • 2203 पटक पढिएको

म्याग्दी, २९ पुस । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ पिप्लेमा रहेको पिप्ले महिला विकास बहुउदेश्यीय सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष देवी शाहीको अध्यक्षतामा भएको कार्यक्रमको वडा अध्यक्ष जिवन कुमार मल्लले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष मल्लले सहकारी मार्फत महिलाहरुको आर्थिक समृद्धि र आयआर्जन संगै महिलाहरुको नेतृत्व र क्षमता विकासमा अगाडी बढ्न सहयोग पुगेको बताउनुभयो ।

सहकारीको भवन निर्माणको लागि वडा कार्यालय मार्फत गाउँपालिका कार्यालयमा आबश्यक पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । कार्यक्रममा पूर्व कर्मचारी भदेवी तिलिजा, वडा सदस्य सम्झना परियार, शेयर सदस्य देवी मल्ल शाही लगायतले मन्तव्य राख्नुभएको थियो ।

सहकारीका उपाध्यक्ष भुमा रकालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सह–सचिब साधना पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष संगीता शाही र व्यवस्थपक सन्तु शमाले आर्थिक तथा सह–सचिब साधना पोख्रेलले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वि.स. २०५९ सालमा स्थापना भएको सहकारीमा ७८० जना शेयर सदस्य आबद्ध छन् भने १ हजार १०८ जना बचतकर्ता रहेका छन् ।


कुल ३५ लाख ८९ लाख ७ सय शेयर पुँजी रहेको सहकारीले आर्थिक बर्ष २०७३/०७४ मा कुल रु २५ लाख ९५ हजार ४४९ रुपैयाँ आम्दानी गरेकोमध्ये १३ लाख २२ हजार ४६४ रुपैयाँ खर्च भएर कुल रु १२ लाख २३ हजार १७० मुनाफा गरेको छ । सहकारीको अहिले रु १ करोड ५० लाख ३६ हजार ३८० विभिन्न क्षेत्रमा लगानी रहेको व्यवस्थापक सन्तु शर्माले बताउनुभयो ।

सहकारीले साधारण सभाको अबसरमा अपांगता र विपन्न परिवारका दुई जनालाई १ मुरी चामल, ३३ पोका नुन, २६ पोका तेल, २ पाथी आलु र ८ किलो दाल मुठीदान गरेको छ । अपांगता भएका सोमबहादुर मिजार र विपन्न परिवारकी मायाँ विकलाई सहकारीका शेयर सदस्यहरु मार्फत संकलन भएको सो सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै सहकारीले मुठीदान अभियान अन्र्तगत संकलन भएको रकमबाट अपांगता भएका मिजारलाई लत्ताकपडा समेत खरिद गरि उपलब्ध गराउने सह–सचिब पोख्रेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा असल ऋणीमा पवित्रादेवी कमीनी, जेष्ठ नागरिक बचतकर्तामा लालमरि दमाई, बालबचतकर्ता इन्जय र इसान शाही, खुत्रुके बचतकर्ता सौजन्य परियार, किसोरी बचतकर्ता सपना मल्ल, उत्कृष्ट शेयर बचतकर्ता पदमकुमारी मल्ल र मन्सा मल्ल, एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा सुविस शर्मालाई समेत सम्मान गरिएको थियो ।