अमर मावि चिमखोलामा बास्केटबल र भलिबल प्रतियोगिता सम्पन्न

  • २९ पुष २०७४, शनिबार
  • 1901 पटक पढिएको

म्याग्दी, २९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीका ७ चिमखोलामा रहेको छात्र बास्केटबल र छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।अमर माविको जुरेस र बगर बाल कल्वको आयोजनामा पुष २४ देखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको वडा अध्यक्ष देउप्रसाद पुन र स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले उद्घाटन गर्नुभएको थियो ।

११ विद्यालयको १६ समूह सहभागि छात्र बास्केटबल प्रतियोगितामा टिकोट मावि हिस्तान प्रथम र अमर मावि ए दितृय भएका थिए । छात्र बास्केटबलको प्रथम पुरस्कार राशी १६ हजार रुपैया चिमखोला घर भई हाल क्यानडा रहनुभएका सोमबहादुर पुन र उहाँका साथीहरुले प्रायोजन गर्नुभएको थियो ।

यसैगरी दितृय पुरस्कार नौ हजार रुपैया विद्यालयका प्रअ पृथबहादुर थापाले प्रायोजन गर्नुभएको थियो । छात्रा भलिबल प्रतियोगितामा अमर माविको ए समूह प्रथम र कैलाश मावि दोवा दितृय भएका छन् । छात्रा भलिबलको प्रथम पुरस्कार दश हजार हाल काठमाडौ निवासी महिला नेत्री थममाया थापा र दितृय पुरस्कार पाँच हजार रुपैया विद्यालयले प्रायोजन गरेको थियो । छात्र बास्केटबलमा टिकोट माविका गोपाल गर्बुजा र छात्रा भलिबलमा कैलाश माविकी सुस्मीता पुन उत्कृष्ट खेलाडी बनेका छन् ।

उत्कृष्ट खेलाडीलाई अमर माविकी पुस्तकालय ईञ्चार्ज सुना गर्बुजाले मायाको चिनो प्रायोजन गर्नुभएको थियो । अस्टे«लीया निवासी हेमबहादुर थापा, वडा अध्यक्ष देउप्रसाद पुन र प्रअ पृथबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । जुरेसका सभापती अनोज गर्बुजाको अध्यक्षता, तोजीन शेरपुञ्जा र कपील पुर्जाको सञ्चालन तथा भावना पुनको स्वागत गर्नुभएको कार्यक्रममा शिक्षक नायक कप्रसाद थापाले जुरेसको गतिबिधि प्रस्तुत गर्नुभएको थियो ।