बेनीमा कृषि मेला प्रर्दशनी सुरु

  • २८ पुष २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 1695 पटक पढिएको

बेनी २८ पुष । बेनीमा शुक्रबारदेखि बृहद कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा प्रर्दशनीको आयोजना गरेका हुन् ।

कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो । तिन दिनसम्म चल्ने प्रर्दशनीमा राखिएका फसलहरुको मूल्याङकन गरी पुरस्कृत गरिने जनाइएको छ ।

सात वटा बिधामा प्रर्दशनी गरीएको छ । फलफुल, खाद्यान्न, दलहन, तेलहन, तरकारी, बिबिध र माछा तथा हाँस बिधामा विभिन्न कृषि बस्तुहरु प्रर्दशनीमा राखिएको छ । १२३ जना कृषकहरुले १९८ बस्तुहरु प्रर्दशनीमा ल्याएका बागबानि विकास अधिकृत थापाले बताउनुभयो ।

बेनी नगरपालीका, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाका कृषकहरुले आफ्नो उत्पादन प्रर्दशनीमा ल्याएका छन् । कृषहरुलाई प्रोत्साहनका साथै म्याग्दीमा कृषि उत्पादनको सम्भावनाको उजागर गराउने पनी प्रर्दशनीको उद्देश्य रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

कृषि मेला प्रर्दशनीसंगै बाली उपचार शिवीर पनी सञ्चालन भएको छ । शिवीरमा रोग किरा लागेका बिरुवाको परिक्षण गरी नियन्त्रणका लागि रोकथामको उपायको बारेमा कृषकहरुलाई परामर्श दिइने प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो ।

सन्तोष गौतम