‘अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित छ, माओवादी अध्यक्ष प्रचण्ड’ (फोटो फिचर)

  • २८ पुष २०७४, शुक्रबार
  • कमल खत्री
  • 2879 पटक पढिएको

म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अबको अर्जुनदृष्टि विकास र समृद्धिमा हुने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

बेनीको खुलामञ्चमा महोत्सवको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मुलुकमा राजनैतिक अधिकारको लडाई सकिएको बताउँदै अबको यात्रा मुलुकलाई विकास र आर्थिक समृद्धि मार्फत विकसीत मुलुकको रुपमा चिनाउनेतर्फ अगाडी बढ्ने बताउनुभयो ।

अब बन्ने बाम गठबन्धनको सरकारले हरेक जिल्लामा रहेका सम्भावनाहरुको पहिचान गरि ती क्षत्रहरुको उजागर मार्फत विकास र समृद्धिलाई नेतृत्व गर्ने प्रचण्डले बताउनुभयो ।‘‘ सरकार त बाम गठबन्धनकै बन्छ, त्यसैले हामी अहिले त्यसै बसेका छैनौँ, कुन जिल्लामा के–कस्ता क्षेत्रमा सम्भावना छन्, ती कुराहरुको बारेमा योजना बनाउन लागिपरेका छौँ, अबको सरकारले सम्भावनायुक्त क्षेत्रहरुको पहिचान गरि विकासलाई प्राथमिकतामा राख्छ,’’– अध्यक्ष प्रचण्डले भन्नुभयो ।

बिगतको १० बर्षको राजनैतिक यात्रामा आफुले निजी क्षेत्रलाई समेत मुलुकको विकासको साझेदारीको रुपमा लिने नितीलाई नितीगत रुपमै कार्यान्वयन गर्न बिशेष पहल गरेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले अब मुलुक निर्माणको जिम्मेवारी सरकार र निजी क्षेत्र दुबैको हुने बताउनुभयो ।

मुलुकमा रहेका साधन स्रोतलाई अधिकतम उपयोग गरि मुलुकमा शान्ति, शुसासन र आर्थिक समृद्धिको यात्रामा अगाडी बढ्न कसैले पनि रोक्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो । बाम गठबन्धन जनतामा खुसी र राष्ट्रमा समृद्धि ल्याउनका लागि योजनाबद्ध तवरले लाग्ने बताउँदै विकासका निम्ती राजनीती हुनुपर्नेमा जोड दिनुभयो ।

‘‘ अहिलेसम्म हामीले राजनितीका निम्ती विकासका कुरा ग¥र्यैा, अब विकासका निम्ती राजनिती गर्नुपर्छ, के सरकार, के प्रतिपक्ष अब हामी सबैको दायित्व मुलुकको विकास र समृद्धि गर्नुहो’’–उहाँले भन्नुभयो ।म्याग्दीमा जलस्रोत, पर्यटन, जडिबुटी, कृषि र पशुपालनको अथाह सम्भावना रहेको बताउँदै उहाँले यहाँको विकासका लागि निरन्तर आफ्नो पहलकदमी रहने प्रतिबद्धता समेत जनाउनुभयो ।

आफु प्रधानमन्त्री भएको समयमा तत्कालिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ मार्फत समग्र म्याग्दीको विकासमा आबश्यक पहल र प्रयासहरु भएको उल्लेख गर्दै आगामी सरकारले ती कार्यहरुलाई पूर्णता दिने बताउनुभयो ।

कोरला नाका सञ्चालनको लागि आफु प्रधानमन्त्री रहेकै समयमा समेत चिन भ्रमणको क्रममा चिनीया सरकार र अधिकारीहरुसंग आबश्यक छलफल भएको उल्लेख गर्दै प्रचण्डले यो नाका निकट भविश्यमै सञ्चालनमा आउने र यसले यस क्षेत्रको समग्र आर्थिक विकासमा कोसेढुंंगा सावित हुनेमा जोड दिनुभयो ।

एक फरक प्रगंगमा प्रचण्डले मुलुकलाई स्वायीत्व मार्फत समृद्धितर्फ लैजानकै लागि नेकपा माओवादी केन्द्र र एमालेबिच पार्टी एकता हुन लागेको बताउँदै निर्वाचन मार्फत दुई पार्टीको एकतालाई जनताले अनुमोदन गरिदिएकोमा धन्यबाद समेत दिनुभयो ।

‘‘ मुलुकको बृहत्तर हितका निम्ती हामीले जोखिम मोलेका हौँ, सबै यथास्थितिमा बसे मुलुकको समृद्धि कस्ले गरिदिन्छ ? भन्ने लागेर कम्युनिष्ट पार्टीहरु एकता हुन लागेको हो, अब यो प्रकृया पनि छिट्टै टुं्रगीदै छ, यसले जनतालाई खुसी र समृद्धि दिन सहयोग गर्छ’’–उहाँले भन्नुभयो ।

सो अबसरमा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले म्याग्दीको सम्भावना र समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो भने प्रमुख अतिथि प्रचण्डलाई आयोजकले ३० किलोको माला लगाएर सम्मान गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि प्रचण्डले म्याग्दीका जडीबुटीका बिशेषज्ञ चन्द्रमणी सापकोटाद्धारा लिखित धौलागिरि हिमालय क्षेत्रका जडिबुटीहरु नामक पुस्तक समेत विमोचन गर्नुभएको थियो भने म्याग्दी खोलादेखि लभ्लिहिल सम्म पु¥याईएको लिप्टीङ सिचाई आयोजनामा पानी खोल्न र बन्द गर्न प्रयोगमा ल्याईएको मोवाईल एप्सको समेत उद्घाटन गर्नुभएको थियो ।

उहाले महोत्सवमा आयोजना गरिएको फोटो प्रदर्शनीको समेत अवलोकन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, बागलुङका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, म्याग्दी प्रदेश सभा साँसद विनोद केसी, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षद्धय चन्द ढकाल, प्रमोद श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष जिवन कुमार विश्वकर्मा, मोनाका उपाध्यक्ष प्रेम रसाईली, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिब लिलाराम गौतमले गर्नुभएको थियो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

महोत्सवको पुर्व सन्ध्यामा बेनीमा विभिन्न जातजाती र संघ संस्थाले पहिचान झल्कने झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेका छन् । पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अबसरमा खुला दोहोरीगित, लोकनृत्य, रत्यौली गित प्रतियोगिता सहित महिला पुरुष भलिबल, बास्केटवल लगायतका प्रतियोगिताको साधमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष साँगेतिक प्रस्तुती रहनेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l