आजदेखि बेनीमा छैठौ म्याग्दी महोत्सव, कालिगण्डकीमा र्‍याफ्टीङदेखि लभ्लिहिलमा घोडा सयर

पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  • २८ पुष २०७४, शुक्रबार
  • कमल खत्री
  • 3697 पटक पढिएको

म्याग्दी, २८ पुष । आजदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्यले बताउनुभयो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।  

आज विहान साढे १० बजे बेनीमा पहिचान झल्कने झाँकी सहितको र्‍यालीले बजार परिक्रमा पश्चात दिउँसो पौने १ बजे खुलामञ्चमा महोत्सवको औपचारिक रुपमा उद्घाटन गरिनेछ । महोत्सवको पुर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । महोत्सवलाई सफल बनाउन सञ्चार माध्ययम, माईकिङ, प्रर्चा पम्प्लेट लगायतका बाध्ययम मार्फत प्रचार प्रसारलाई व्यापक बनाईएको प्रचार प्रसार संयोजक सुवर्ण रिजालले जानकारी दिनुभयो ।

स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने महासचिव लिलाराम गौतमले बताउनुभयो । पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा र्‍याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । करिब १७० वटा व्यवसायीक स्टल रहने महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निशूल्क प्रर्दशनीको व्यवस्था मिलाइएको स्थानीय उत्पादन प्रदशनी व्यवस्थापन उपसमितिका संयोजक नवराज पौडेलले बताउनुभयो ।

जिल्लामा रहेका १ नगरपालिका सहित ५ वटै गाउँपालिकामा रहेका स्थानीय घरलु उत्पादन र खनीज लगायतका सामानहरु पदर्शनीमा आउने उहाँले बताउनुभयो । महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको सार्वजनीक स्थल सरसफाई गरेर चिटिक्क बनाइएको छ । महोत्सवको अवलोकनका लागि आउने पर्यटक र पाहुनाहरुको स्वागतको लागि बेनी बजारका विभन्नि चोकमा तुल ब्यानर सहित स्वागत गेटहरु बनाईएका छन् । महोत्सवमा पर्यटन प्रवद्र्धनको लागि फोटो प्रर्दशनी, डकुमेन्ट्री प्रर्दशन, नजीकका पर्यटकीय ठाउँमा भम्रणको लागि यातयातको व्यवस्था, कालिगण्डकी नदीमा र्‍याफ्टीङको समेत व्यवस्था मिलाईएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि रु १ हजार र २ हजारका शिषेश टिकट सहित रु ५० को न्युनतम टिकट व्यवस्था गरिएको छ भने महोत्सवलाई शान्त रुपमा सम्पन्न गर्नका लागि महोत्सव स्थल वरपर सिसी क्यामेरा जडान गरि अवलोकन समेत गरिनेछ । महोत्सव स्थलमा राखिने फोटो प्रदशनीमा म्याग्दीका पर्यटकीय क्षेत्रहरुको तस्बिर संगै म्याग्दीको ५० बर्ष अगाडीका विभिन्न ठाउँमा खिचिएका ऐतिहाँसिक तस्बिरहरुलाई समेत समावेश गरिएको फोटो प्रदशनीका संयोजक भोजबहादुर रिजालले बताउनुभयो ।

त्यस्तै महोत्सवको अबसरमा लोक संस्कृतिको संरक्षणको लागि लोपउन्मुख बनेको रत्यौली गित प्रतियोगिता, दोहोरीगित, खुला नृत्य लगायतका प्रतियोगिता संगै झाँकी प्रदशन र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुती लगायतका कार्यक्रमहरुलाई समेत समावेश गरिएको प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्थानीय विभिन्न जातजातीको मौलिक नाचहरु संगै चर्चित राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुतीहरु राखिएको संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नेछन् । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उदेश्यले आयोजना हुन लागेको महोत्सवको आज हुने उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड बेनी आउन लागेका हुन ।

प्रचण्डको निजि सचिबालय संग समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलीकप्टर मार्फत बेनीमा आउनुहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ । विहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको र्‍याली पश्चात दिउँसो १ बजे महोत्सव स्थल खुलामञ्चमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्नुहुने संघले जनाएको छ ।

घोडा चढेर लभ्लिहिल

छैटौ म्याग्दी महोत्सवमा घोडचढी सेवा सञ्चालन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुबिधाको व्यवस्था मिलाएको हो । बेनी देखि लभहिल सम्म पुग्न घोडचढी सेवा सञ्चालन गरिने संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।घोडचढीका लागि चार वटा घोडाको व्यवस्था गरिएको छ । घोडा चढेर बेनी देखि लभ्लिहिल पुगेर फर्कन पाँच सय रुपैया शूल्क निर्धारण गरिएको छ ।

बेनी बजारको दृष्य अवलोकनका लागि प्रसिद्ध लभहिलको पर्यटन प्रर्वद्धनका लागि उकालोमा घोडचढी सेवा सञ्चालन गर्न लागिएको शाक्यले बताए । त्यसैगरि महोत्सबमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बेनी देखि नजीकका एक दिनको भ्रमणको लागि सहज यातयातको समेत व्यवस्था मिलाईने आयोजकले जनाएको छ । बेनीदेखि गलेश्वर, सिंगातातोपानी, टोड्के लगायतका क्षेत्रमा भ्रमण गर्न चाहनेहरुलाई आयोजकले न्युनतम शुल्कमा सहज यातयातको व्यवस्था मिलाउने जनाएको छ ।

कालिगण्डकीमा र्‍याफ्टिङ

म्याग्दी महोत्सबको अबसरमा बेनी आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले कालिगण्डकी नदीमा ¥याफ्टिङको मज्जा लिन पाउने भएका छन् । जलयात्रामा मनोरञ्जन संगै रमाईलो अनुभबका लागि जलेश्वरदेखि दोबिल्ला सम्म जलयात्रा गर्ने व्यबस्था मिलाईएको छ । जलेश्वरदेखि कालीगण्डकीमा जलपर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले पोखरादेखि ¥याफ्टीङ कम्पनीसंग समन्व्य गरि र्‍याफ्टीङ सञ्चालन गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए।

यस अघि पाँचौ महोत्सव अवधिभर छोटो दुरीमा सञ्चालित ¥याफ्टीङमा आन्तरीक पर्यटकहरुको आकर्षण बढेको थियो । कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृष्य अवलोकनसंगै र्‍याफ्टीङ गर्दा साहासीक एवं रोमाञ्चक अनुभुती हुनेछ। महोत्सवको अवसर पारेर परिक्षणका लागि सञ्चालन हुने र्‍याफ्टीङले जलपर्यटन प्रर्वद्धनको सम्भावना उजागर गर्ने संघले जनाएको छ ।

म्याग्दीका ५० बर्ष पुराना तस्बिर प्रदशनी

म्याग्दी महोत्सवमा म्याग्दीको पर्यटकीय क्षेत्रको प्रचार प्रसारका निम्ती फोटो प्रदर्शनी समेत हुने भएको छ । फोटो प्रदर्शनीमा म्याग्दीका हरेक स्थानीय तहका पर्यटकीय र जनजीवन झल्काउने तस्बिरहरुलाई प्रदशनीमा राखिनेछ । त्यस्तै सो फोटो प्रदर्शनीमा ५० बर्ष अगाडी विभिन्न ठाउँमा पुगेर विदेशीहरुले कैद गरेका तत्कालिन जनजीवन झल्काउने तस्बिरहरुलाई समेत समावेश गरिने पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक भोजबहादुर रिजालले बताए ।

बि.श २०२२ सालमा म्याग्दी जिल्लामा अमेरिकी नागरिकले खिचेको तस्वीरहरूलाई समेत प्रर्दशनीमा राखिने भएको हो । बिगतका दुलर्भ तस्बिहरुमा म्याग्दीको जनजिवन, बस्तु स्थिति र कला संस्कृतिहरुलाई समेत झल्काउने देखिएकाले ती तस्बिरहरुलाई समेत समावेश गर्न लागिएको हो । महोत्सवमा फोटो प्रदशनी संगै म्याग्दीको पर्यटन प्रवद्र्धनका निम्ती बृत्तचित्र समेत प्रदर्शन गरिने संघका महासचिब लिलाराम गौतमले बताए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l