ह्याट्रीकको तयारीमा जिसी (भिडियो सहित)

  • २२ फाल्गुन २०७३, आईतवार
  • 4033 पटक पढिएको

म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा देवी घर्तीले साथ दिएकी छिन् ।

उक्त गीतको म्युजिक भिडियो समेत युट्युवमा हेर्न सकिन्छ । सारथी म्युजिक प्रालिले बजारमा ल्याएको हो । बब्बु थापा र करिष्मा ढकालले अभिनय गरेको म्युजिक भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् । “लोभै लाग्ने जिउ” मार्फत नेपाली संगीतमा प्रवेश गरेका जिसीले उक्त गीत मार्फत सर्वाधिक चर्चा कमाउन सफल भएका थिए ।

त्यसपछि पञ्चेबाजा गित बजारमा ल्याएका जिसीले थप सफलता चुेमे । हजारौ दर्शक र स्रोताको माया पाएका जिसीले झ्याउरे लयको नयाँ गीत लिएर आएका छन् । गीतसँगै ह्याट्रीक गर्ने सोचमा छन् । उनी भन्छन्–पहिलेका गीत भन्दा यस गीतले दर्शकको मन छुनेछ ।” माया प्रेममा आधारित रहेर गीत तयार गरिएको छ ।

गीतमा पहिलो भेटमै बसेको माया प्रेम र एक अर्का विना बाच्न नसक्ने लगायतका विषय वस्तु समेटीएको छ । त्यसैगरि गीतमा बेनीबजारको बारेमा समेत उल्लेख गरिएको छ । गीतले माया प्रेम मात्र नभएर म्याग्दी जिल्लाको समेत प्रचार गररेको जिसीको भनाई छ ।

विशेष गरि पूर्वतिर सुनिनेर झ्याउरे गीत लिएर बजारमा आएका जि.सीले सबैको माया पाउने बताए । कलाकारितासँगै मोड्ेलिङ क्षेत्रमा प्रवेश गरेका जिसीले पुनः अर्को गीतको समेत तयारी गरिरहेको बताए । गीत संगीत नै आफ्नो लक्ष्य र भविष्य भएकोले गीत संगीतमै आफ्नो जीवन समर्पित गर्ने जिसीको भनाई छ ।