प्रेम बियोग

  • २७ पुष २०७४, बिहीबार
  • सुमन भण्डारी
  • 3153 पटक पढिएको

सुमन भण्डारी

उज्यालिन्छ संसार,
जब टाडिन्छन परेलिहरु
एकाएक छाँउछ भयंंकर अँध्यारो
जब समीप हुन्छन
यी परेलीहरु ।

जब नजिकिन्छ प्रेम
परेलीबिच,
दुर हुन्छ छवी नयनबाट ।।

आँखा को बन्यो?
थाहा छैन ।
दुई परेली हामी बन्यौ,
अलिकती आखाको बचाउ गर्न,
अलिकती आसुको संवाद लिन ।।

सायद हामी यो चाहान्थौ कि !
देखोस यो संसार आखाले,
प्रेम बुझोस,
र नबगाओस
हाम्रो प्रेमिल अतीत आखाबाट,
नरित्यिउन भण्डारन
गरेका ती पलहरु,
नभिजुन कैद
गरिएका प्रेम हरु,
नलेखियोस हाम्रो
प्रेम कहानी
बिधवा स्वत मसिले
सेता इतिहासमा ।

तेसैले म परेली बनेको छु
रोक्नलाइ आँसु
बचाउनलाइ दिल ।

सुन्दर हुन्छ गुलाब
र त लुटिन्छ उ आफ्नै मालिकबाट,
अपरणित हुन्छ आफ्नै साम्राज्यमा ,
सुगन्धित हुन्छ प्रेमिमाझ
र बन्छ सन्धी प्रेमको ।

फुलेपछि फुल,
फैलेपछि सुगन्ध,
चुडियपछि गुलाब,
जोडिन्छ्न सम्बन्धहरु,
कहलिन्छ प्रेम,
बन्छ्न प्रेमी ।

तर

भए पछी बिच्छेद,
बन्छ्न भुपु प्रेमी
नालयक कहिन्छ प्रेम,
टुटिन्छ्न दिलहरु,
जोडिदैनन गुलबहरु,
फैलिदैनन सुगन्धहरु,
र गुलाब रहदैन गुलाब ।।

आज तिमी अलग्यियौ म बाट ,
र साबित गर्यौ
हाम्रो सम्बन्ध पनि त गुलाब थियो ।।।।

 

हुलाकि

 

सुमन भण्डारी