धौलागिरीमा टेलिकमको सेवा विस्तार,म्याग्दीको दानामा थ्रिजी सेवा सञ्चालन

  • २७ पुष २०७४, बिहीबार
  • थम्मन थापा 
  • 1911 पटक पढिएको

बागलुङ – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तार गरेको छ ।  नयॉ ठाउँमा विस्तारसॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो । उक्त टावरबाट गाउँपालिकाको वडा नं ३ र ४ का झण्डै ६०० घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख केशव शर्माले बताए । शर्माले भने पहिले त्यहॉ टुजी मात्र उपलब्ध थियो डाटाको अत्यधिक माग र आवश्यकतालाई मध्यनजर गर्दै थ्रिजी सेवा सञ्चालनमा ल्याएका हौं ।

मुस्ताङ जाने कोरला नाका त्यहि बाटो भएर जाने हुॅदा पर्यटकिय दृष्टिले समेत यो क्षेत्र महत्वपूर्ण रहेको छ । सेवा विस्तारसॅगै गाउँपालिकाको गापपार्क, कोप्चेपानी, थारेसोरा, डोरीखोला, डॉडागाउ, लिग्मो, डॉडाबजार खलङगा,पर्यटकिय स्थल रुप्से झरना र अन्धा गल्छीमा टेलिकमको अत्याधुनिक प्रविधिको थ्रिजी सेवा पुगेको हो ।

भ्वाईस तथा डाटा सर्भिसलाई सर्भसुलभ बनाउँदै जुनसुकै चुनौतीका बाबजुत टेलिकमले विकट ठाउँहरुमा आफनो सेवा विस्तारलाई तिव्रता दिईरहेको शर्माको भनाई छ । पर्यटकिय स्थलहरु रुप्से झरना र अन्धा गल्छीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक समेत थ्रिजी सञ्चालन सॅगै अब प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम पोखराका प्राविधिक अधिकृत बलराम अधिकारीले बताए ।

टेलिकमले विकट क्षेत्रमासमेत भ्वाईस तथा उच्च गतिको डाटा पुराउने लक्ष्य अनुरुप काम गरिरहेको छ। नेपाल टेलिकमले अब लगत्तै बागलुङको ताराखोला गाउपालिकाको नागबेली खोला, बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ, र बलेवाको पैयुपाटामा मोवाईल सेवा सञ्चालनमा ल्याउन तयारी गरिरहेको छ ।

त्यस्तै, टेलिकमले बडिगाड गाउँपालिकाको विकट गाउँ रणसिंहकिटेनी खोलाखर्क, गलकोट नगरपालिको विकट गाउ रमुवा, वडा नं ९ रिश्मी, ताराखोला गाउपालिकाको अमरभुमि र म्याग्दीको बरङजामा सेवा विस्तारको निमित्त फिल्ड सर्भेसमेत गरिसकेको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले जानकारी दिए ।

थम्मन थापा