छन्त्याल भाषाको ‘ख्योमा खाने’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • २७ पुष २०७४, बिहीबार
  • 5999 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँमा छायांकन गरिएको छन्त्याल भाषाको गित ‘ख्योमा खाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, दिप छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको ‘ख्योमा खाने है’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो ।

ठाडखानी र म्याग्दीको उत्कृष्ट धार्मिक स्थल मालिका धुरीमा गरिएको म्युजिक भिडियोमा निर्देशन तथा छायाङ्कन भुपेन बानियाँले गरेका छन् । कन्चन शुसिल म्युजिक प्रा.लि मार्फत रेकर्ड गरिएको सो गितको म्युजिक भिडियो क्रियटिभ मिडिया प्रोडक्सनले बजार व्यवस्थापन गरेको छ भने म्युजिक भिडियोमा दिपीना छन्त्याल र सन्तोष छन्त्यालले प्रमुख कलाकारहको रुपमा नृत्य गरेका छन् भने स्थानीय कलाकारहरुले समेत सो म्युजिक भिडियोमा नृत्य गरेका छन् ।

विशाल गोतामे र अनुप बानियाँले सह–छायांकनको भुमिकामा रहेको सो म्युजिक भिडियोको छायांकनमा राजकुमार परियारले कोरियोग्राफर र सुस्मिता श्रेष्ठले मेकअपमा भुमिका खेलका छन् ।

भिडियो