म्याग्दी महोत्सवमा मौलिक लोकसास्कृतिक प्रतियोगिता

  • २६ पुष २०७४, बुधबार
  • सुविन श्रेष्ठ
  • 2980 पटक पढिएको

नेपालको संघीय संरचना अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित रहदै आएको छ ।

छैटौं म्याग्दी महोत्सवको उद्देश्य भनेको जिल्लाको कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको पहिचान र प्रवद्धन साथै पर्यटकीय सम्भावनाहरुको खोजीमा केन्द्रित रहेको छ । हाम्रो जिल्लाको खानी,कृषि, जडीबुटी,स्थानीय उत्पादन,घरेलु उद्योग, ब्यापार, ब्यवसाय पनि पर्यटनसंग जोडिएको छ ।

महोत्सवलाई हेर्दा एकै ठाउँमा ब्यापार र रमाईलो कार्यक्रम भएको जस्तै देखिए पनि महोत्सवले सम्रग जिल्लाको विकास, समृद्धि र पर्यटनको सम्भावनाको खोजी गर्न सहयोगी भूमिका निर्वाह गर्दछ ।

साथै यस ठाउँमा लगानीका सम्भावनाहरुको उजागर गदैं आगामी दिनमा लगानीकर्ताहरुको ध्यान तान्न पनि महोत्सवले भूमिका खेलिरहेको हुन्छ । यस जिल्लामा विभिन्न जातजातिको आफ्नै मौलिक कला र संस्कृति रहेका छन् । यो जिल्लालाई दोहोरी , लोक सांस्कृतिको उद्गमस्थल जिल्ला भनेर चिनिने गरिएको छ ।

महोत्सवमा हामीले हरेक विद्यालाई समेट्ने प्रयास गरेका छौ । कृषि मेला प्रर्दशनी तथा प्रतियोगिता ,प्रत्येक गाँउपालिका र नगरपालिकाको स्थानिय उत्पादनको छुट्टाछुट्टै स्टल,धार्मिक एवं पर्यटकीय स्थलहरुको फोटो तथा बृत्तचित्र प्रर्दशनी,खेलकुद प्रतियोगिता,लोकदोहोरी गित ,लोक नृत्य र रट्यौली गित प्रतियोगिता ,हास्यब्याङग , लगाएतको सांस्कृतिक कार्यक्रमको आयोजना गरी लोक कलाकारलाई प्रतिभा प्रस्फुटन गराउन अवसर प्रदान गरेका छौ ।

महोत्सव अवधिभर प्रत्येक दिन जातजाति, जनजातिहरुलाई आफ्नो कला र संस्कृति प्रस्तुत गर्न हामीले समय विभाजन गरेका छौ । हाम्रो पुरानो मौलिक कला, लोकसंस्कृति हाम्रो पहिचान हो । यो हामी नेपालीहरुको आफ्नो मौलिक कला, संस्कृतिलाई हामीले संरक्षण गर्नु यसलाई प्रर्बद्धन गर्नु हामी सबैको दायित्व पनि हो ।

महोत्सवमा खुल्ला लोकदोहारी गित, लोक नृत्यका साथ साथै हामी यो बर्ष नयाँ विधा रत्र्यौली गित प्रतियोगिता थपेका छौ । यो हाम्रो विषेश गरी विवाहमा गाईने रत्यौली गितहरु आजभोली कम हुदै गएका हो की ? हाम्रो कला र संस्कृतिलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने उदेश्य राखी हाम्रो रत्यौली गित लगायतका कला र सांस्कृतिलाई बचाई राख्न यो बर्ष हामीले यो विधामा प्रतियोगिता राखेका हौ । लोकसंगीतमा धनी जिल्ला म्याग्दीमा आधुनिकताले पुराना कला र संस्कृतिलाई मास्न नदिन पनि लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहनेछौ ।

खुल्ला लोकदोहोरी गित प्रतियोगितामा प्रथम पुरुष्कार एक लाख एक हजार १११ रुपैयाँ र दिप्तृयलाई ५१ ह्जार १११ रुपैयाँ तथा सहभागी समूहलाई प्रतिदिन दुई हजारका दरले भक्ता पनि रहेको छ । त्यस्तै खुल्ला रत्यौली प्रतियोगिताको बिजेतालाई १५ हजार १११ रुपैया र उपबिजेतालाई ७ हजार १११ रुपैया पुरुष्कार राखिएको छ ।  साथै महोत्सवमा सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता रहेको छ । नृत्य प्रतियोगितामा बिजेतालाई २२ हजार २२२ रुपैया र उपविजेतालाई ११ हजार १११ रुपैया पुरुष्कार राखिएको छ । आफ्नो गाउँ ठाउँमा भएको प्रतिभा लिएर महोत्सवलाई सफल पारिदिनु हुन अनुरोध गर्दछौ ।

समग्रमा भन्नु पर्दा म्याग्दी जिल्लाको हरेक पक्षको विकास र समृद्धिमा यो महोत्सवले सबै तह र तप्काका सरोकारवालाहरुलाई सहयोग पुग्छ   भन्ने विश्वास लिएको छु।

सुविन श्रेष्ठ

संयोजक
खुल्ला लोकदोहारी, लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता

                                                                                                                            प्रथमउपाध्यक्ष
म्याग्दी उद्योग बाणिज्य संघ

सुविन श्रेष्ठ