बेनीमा महिन्द्राको फ्रि सर्भीस क्याम्प जारी, एक्चेन्ज अपरप्रति आकर्षण

  • २५ पुष २०७४, मंगलवार
  • 1911 पटक पढिएको

म्याग्दी, २५ पुस । बेनीमा सोमबारदेखि सुरु भएको महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्पमा सेवाग्राहीको संख्या बढेको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ ।

सो अबवसरमा सञ्चालन भएको यसैगरी टिभीएस कम्पनीका मोटरसाईकल र स्कुटरको एक्चेन्ज अफरतर्फ आकर्षण बढेको छ । न्युनतम २५ हजार रुपैयामा टिभीएस कम्पनीका पुराना र बिग्रीएका मोटरसाईकल तथा स्कुटरको एक्चेञ्ज सेवा लिन आउनेको संख्या बढेको रारा अटोमोवाईल्सका सञ्चालक हरि भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई दिनमा २० वटा मोटरसाईकल एक्सचेन्ज भएका छन् । नगुड्ने अवस्थाका मोटरसाईकल र स्कुटरलाई पनी बिलबुक भएमा न्युनतम २५ हजार रुपैया दिएर एक्चेञ्ज गरिने व्यवस्था गरिएको छ । दुई दिनको लागि एक्सचेन्ज अफरप्रति सेवाग्राही आउनेक्रम जारी रहेकाले सो समय २८ गतेसम्मको लागि थप गरिएको छ । महिन्द्रा कम्पनीको देश ब्यापी कार्यक्रम अन्तरगत सञ्चालित सर्भीस क्याम्पमा सामानमा दश र मिस्त्री शूल्कमा ७५ प्रतिशत छुट दिईएको रारा अटोमोवाईल्सका सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।