मंगलबार डेढ लाखको टिकट विक्रि

  • २५ पुष २०७४, मंगलवार
  • धिरन खत्री
  • 2562 पटक पढिएको

म्याग्दी २५ पुष । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैठौँ म्याग्दी महोत्सवको नजिकै गर्दा मंगलबार डेढ लाखको टिकट विक्रि भएको छ । मंगलबार एकै दिनमा रू. १ लाख ५० हजारको विशेष टिकट विक्री भएको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।


महोत्सवमा प्रमुख पर्यटकिय स्थल फोटा,े स्थानीय उत्पादन र एतिहासिक फोटोलाई प्राथमिकता दिएको छ । सो महोत्सव अवलोकन गर्न लागि अवधिभर विशेष टिकट लिनेको संख्या बढेको दिप्तिय उपाध्यक्ष शाक्यले जानकारी दिए । यसभन्दा अगाडि दुईलाख बराबरको टिकट विक्रि भएको उनले जानकारी दिए । मंगलबार म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्षसहितको टोलिले बजारका ब्यवसायीहरुलाई विशेष टिकट विक्रिबाट सो रकम उठेको जानकारी दिएका छन् ।


प्रदेशस्तरको ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरूलाई म्याग्दी भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवस्थलमा १ सय ८० ओटा विभिन्न व्यापारिक स्टलहरू रहेको महोत्सव माघ ८ गतेसम्म संचालन हुने छ । सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने महोत्सवको स्टल निर्माण कार्यले तिव्रता पाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l