माओवादी केन्द्र बेनपा ७को अध्यक्षमा शर्मा

  • २५ पुष २०७४, मंगलवार
  • 2167 पटक पढिएको

म्याग्दी, २५ पुष । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका वडानम्बर ७ को प्रथम वडा सम्मेलनबाट लक्ष्मण शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको छ ।


कमिटिको उपाध्यक्षमा रहमत खान, सचिवमा सुरेश ढुङ्गना, कोषाध्यक्षमा खेम केसी, सहसचिवमा विजुला बानियाँ रहेको कमिटिको सदस्यहरुमा कृष्ण आचार्य, मोहन आचार्यं भुवन आचार्य, शान्ति शाक्य, गंगा थापा र सुस्मिता किसान चयन भएका छन् ।
उक्त निर्वाचित टिमलाई बधाई दिदै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द्र पौडेलले देशमा छिट्टै कम्यूनिष्ट सरकार बन्ने भएको र जनताको अपेक्षा अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।उहाँले जनताको चाहना अनुसार सक्रिय भएर काम गन कार्यकतालाइ आग्रह गर्नुृभएको थियो । सो वडा सम्मेलनमा बेनी नगर कमिटिका संयोजक शेरबहादुृर केसी, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सुदिन पौडेलको विशेष उपस्थितमा वडा सम्मेलन भएको थियो ।