सवारी भाडा समायोजन र छुट सुबिधाको कार्यान्वयन गर्न माग

  • २४ पुष २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1781 पटक पढिएको

म्याग्दी, २४ पुष । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीले सार्वजनीक सवारी साधनको भाडादर समायोजन र विद्यार्थीलाई छुट सुबिधाको कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले प्रजिअ कृष्णप्रसाद अधिकारीलाई उक्त माग सहितको ज्ञापनपत्र बुझाएको हो । म्याग्दीका ग्रामिण सडकमा सार्वजनीक सवारी साधनले मनोमानी ढंगले महँगो भाडा लिने गरेकाले सर्वसाधारण मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी सर्वाजनीक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको सुबिधा कार्यान्वय गर्न माग गरिएको छ । प्रजिअ अधिकारीले स्थानीय तह र यातायात व्यवसायीहरुसंग समन्वय गरेर भाडा समायोजनको तयारी गरेको बताउनुभयो ।

 

सन्तोष गौतम