रारा अटोमोवाईल्सको महिन्द्र फ्रि सर्भीस क्याम्प सुरु

  • २४ पुष २०७४, सोमबार
  • 1564 पटक पढिएको

 

म्याग्दी, २४ पुष । बेनीमा सोमबारदेखि महिन्द्रा कम्पनीका सवारी साधनहरुको निशूल्क सर्भीस क्याम्प सुरु भएको छ । पर्वत बेनीको रारा अटोमोवाईल्समा चार दिनसम्म चल्ने सर्भीस क्याम्पमा महिन्द्रा कम्पनीको जिप, कार, ट्याक्टरको मर्मत तथा पाटपुर्जा बिक्रीमा छुटको व्यवस्था गरिएको छ ।

महिन्द्रा कम्पनीको देश ब्यापी कार्यक्रम अन्तरगत सञ्चालित सर्भीस क्याम्पमा सामानमा दश र मिस्त्री शूल्कमा ७५ प्रतिशत छुट दिईने रारा अटोमोवाईल्सका सञ्चालक हरि भण्डारीले जानकारी दिए । यसैगरी टिभीएस कम्पनीका मोटरसाईकल र स्कुटरको धौलागिरीका डिलरहरुमा एक्चेन्ज अफर सञ्चालन गरिएको छ ।

मंगलबारसम्म चल्ने एक्सचेञ्च अफरको अवसरमा न्युनतम २५ हजार रुपैयामा टिभीएस कम्पनीका पुराना र बिग्रीएका मोटरसाईकल तथा स्कुटरको एक्चेञ्ज गरिने भएको छ । नगुड्ने अवस्थाका मोटरसाईकल र स्कुटरलाई पनी बिलबुक भएमा न्युनतम २५ हजार रुपैया दिएर एक्चेञ्ज गरिने सञ्चालक भण्डारीले बताए ।