मौवाफाटमा उलन बुनाई तालिम सम्पन्न

  • २३ पुष २०७४, आईतवार
  • 2809 पटक पढिएको

म्याग्दी,२३ पुष । म्याग्दीको रघुगंगगा गाउँपालिका ३ मौवाफाटमा उलन बुनाई तथा डिजाईन तालिम आईतबार सम्पन्न भएको छ । प्रगतिशिल उनी बुनाई सुईटर उत्पादन समुहको आयोजनामा गरिबी निवारण संस्था डिसिआरडिसिको आर्थिक सहयोगमा एघार दिने तालिम सम्पन्न भएको हो ।


गरिवी निवारणको संस्थाको ४० हजार आर्थिक सहयोगमा ११ दिनसम्म संचालन भएको तालिममा २३ जनाको सहभागिता भएको थियो । सो तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रघुगंगा गाउँपालिका ३ का वडा अध्यक्ष जीवनकुमार मल्लले सो तालिमबाट सिकेको ज्ञानलाई रोजगारीको माध्यममा प्रयोग गरि ब्यवसायिक बन्न आग्रह गरेका थिए ।

तालिममा सहभागि भई सिकेको सिपलाई ब्यवसायिक रुपमा अघि बढाउन आवश्यक सहयोग वडाबाट गर्ने प्रतिवद्धता अध्यक्ष मल्लले जनाएका थिए। त्यस्तै सो कार्यक्रममा प्रवित्रा आमासमुहका अध्यक्ष कमला केसी, ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी, अभिभावक संघका अध्यक्ष गोपाल सुवेदी, दुष्टिविहिन शाखाका अध्यक्ष मुकुन्दप्रसाद शर्मा, प्रशिक्षक यामकुमारी गर्वुजा, प्रशिक्षक डिसिआरडिसिको परिचालिका अमृता शर्मा, समुहको सदस्य सिताकुमारी खत्री सुवेदी, दुध माया पाईजाले शुभकामना मन्तव्य राखेका थिए ।


समुहकी अध्यक्ष ओमकुमारी खत्रीको अध्यक्षता, सदस्य मिरा कुमारी खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कमला शर्माले गरेकी थिईन । पुष १२ गतेबाट सो तालिम संचालन गरिएको थियो । उलन बुनाई तथा डिजाईन सम्वन्धी तालिमा सहभागिहरुलाई ११ दिनसम्म प्रशिक्षक यामकुमारी गर्वुजाले सिप सिकाएकि थिईन । तालिम समापनको अवसरमा सहभागिहरुलाई प्रमाणपत्र उपलब्ध गराईएको थियो ।