दिले दमाइको उपचारका लागि सहयोगको अपिल

  • २३ पुष २०७४, आईतवार
  • 2913 पटक पढिएको

बेनी, २३ पुष । बेनी नगरपालीका ९ नेप्टेचौरका एक मृगौला रोगीले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

दुवै मृगौलाले काम गर्न छाडेपछि हाल पोखराको लेकसिटी हस्पीटलमा उपचार गराइरहनुभएका ४६ वर्षिय दिले दमाईले अपिल गरेका हुन् । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलाईसीस र अस्पताल जान आउन गाडी भाडाको समेत अभाव भएपछि सहयोगको खोजीमा हिडेका उनका छोरा सुवासले बताए ।

उनको उपचारका लागि हालसम्म छ लाख रुपैया खर्च भैसकेको छ । परिवारको क्षमत्ताले नसकेपछि घतानका युवा कल्व, आमा समूह र विभिन्न संघ संस्था मार्फत सहयोग संकलन अभियान चलाएका छन् ।

२०७४ साउनमा परिक्षण गराउदै दमाईको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । त्यसयता प्रत्येक हप्ता डायलाईसीस गराउदै आएका छन् । डायलाईसीस र मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोग अपिल गर्दै आएका हुन् ।